गुरु ग्रहको लागि पुष्पराज

बुध ग्रहको लागि पन्ना

शुक्र ग्रहको लागि हीरा

चन्द्र ग्रहको लागि मोती

सूर्य ग्रहको लागि माणिक्य

मङ्गल ग्रहको लागि मूगा

केतु ग्रहको लागि लहसुनियाँ

शनि ग्रहको लागि निलम

राहु ग्रहको लागि गोमेद

मानव जीवनको सुगमताका लागि अनेकौं प्राकृतिक अप्राकृतिक वस्तुहरू निर्माण भएका पाइन्छन् । जसको सही सदुपयोगले मानव जीवन अत्यन्त समृद्धशाली सुखी र शान्त बन्न पुग्दछ । प्राकृतिक पदार्थ सदुपयोग नगर्नाले मानव जीवन अत्यन्त दुरूह, कष्टसाध्य र अभिशाप बन्न पुग्दछ । प्राकृतिक वा अप्राकृति वस्तु वा पदार्थको उचित स्थानमा उचित रूपमा प्रयोग गर्नु नै मानव जीवनको सर्वाेपयोगी लक्ष्य हो । यसैले मानवलाई सुखी बनाउँदछ ।
मानवलाई कुनै न कुनै रूपमा आवश्यक पर्ने पदार्थ वा वस्तुहरूमध्ये रत्न पनि एक हो । प्राकृतिक रूपमा यस्ता रत्नहरू अनेकौं प्रकारका रहेको पाइन्छ । यस्ता प्राकृतिक रत्नहरूको प्राप्ति अहिलेको समयमा कठिन बन्न पुगेको छ । रत्नहरूको सामान्यतया चर्चा गर्दा नवग्रह शान्तिको लागि धारण गर्ने प्रचलन बढेको देखिन्छ । त्यसमा पनि लागत र प्राप्यताका कारणले केही रत्नहरू अहिलेको बजारमा अति नै व्यापारिक कारोवार भइरहनेमा पर्दछन् । यसको प्रयोग ग्रहहरूको शान्तिका लागि मात्र होइन अपितु आन्तरिक शौर्य, ऊर्जा, जागरण, सन्मति, शान्तिआदिका लागि गरिन्छ । यसका साथै कतिपय असाध्य रोगहरूको उपचारका लागि पनि रत्नहरूको भष्म बनाएर वा घोल बनाएर लेपन वा सेवन गरेर प्रयोग गरिन्छ । रत्नका विकल्पमा वनस्पति जगत्मा अनेकौं जडिबुटीहरूको प्रयोग गरेर नवग्रह शान्ति तथा असाध्य रोगहरूको निदान गर्न सकिने देखिन्छ । लागतको कमी र आफ्नै देशमा रहेका वनस्पतिहरूको संरक्षण संबद्र्धन गरी रत्नका विकल्पमा रहेका जडिबुटी वा वनस्पतिको प्रयोग गर्नु वाञ्छनीय देखिन्छ ।
सूर्य ग्रहको शान्तिका लागि माणिक्य, चन्द्र ग्रहको शान्तिका लागि मोती, मङ्गल ग्रहको शान्तिका लागि लागि मूँगा, बुध ग्रहको शान्तिका लागि पन्ना, बृहस्पति ग्रहशान्तिका लागि पुष्पराज, शुक्र ग्रहको शान्तिका लागि हिरा, शनि ग्रहको शान्तिका लागि निलम, राहु ग्रहको शान्तिका लागि गोमेद र केतु ग्रहको शान्तिका लागि लहसुनियाँको प्रयोग गर्नु भन्दा क्रमशः आँक, पलाश, खयर, अपमार्ग, पीपल, डुम्री, शमी, दुवो, कुशको प्रयोग गरी रत्नका स्थानमा कम लागतमा ग्रहहरूको शान्ति गर्न सकिन्छ । शनिका लागि सिस्नु वा अल्लोको जरा राखेर बुटी बनाइ शनिवार वा प्रदोष परेका दिन मन्त्रपूर्वक प्राण प्रतिष्ठा गरी धारण गर्नाले ग्रहको कुदृष्टि वा कुप्रभाव कम गर्न सकिन्छ भने नीच रहेको कमजोर ग्रहको प्रभावलाई बढाउन वा सशक्त बनाउन सकिने विश्वास गरिन्छ ।
जन्मकुण्डली अनुसार कमजोर भएका ग्रहहरूको दशाकालमा सोही ग्रहजन्य धातु वा पदार्थको प्रयोगमा कठिनाई पर्दछ । त्यस्तै मानवीय शरीरमा रहेका तŒव र अङ्गहरूमा पनि ग्रह अनुसारको तŒवमा विकार आइ अनेकौं वात, पित्त, कफजन्य रोगहरूले संक्रमण गर्ने अवस्था आइपर्दछ । त्यसैले मानव शरीरमा रहेका रासायनिक तŒव वा पदार्थलाई सही रूपमा तारतम्य मिलाई राख्नका लागि बाह्य जगत्मा रहेका वनस्पति तथा धातुहरूको उपयोग गर्ने गरिन्छ ।
सोही अनुसार बाह्य पदार्थको प्रयोग अन्तर्गत सूर्यको दशामा मानव शरीरमा छालाजन्य वा दृष्टिजन्य रोगहरूको प्रवेश हुने हुँदा त्यसको प्रतिरोध गरी सूर्यबाट आएका नकारात्मक किरणहरूलाई परावर्तन गरी आवश्यकीय ऊर्जालाई ग्रहण गर्नका लागि माणिक्य नामक धातुको लकेट वा औंठी सूर्य पर्वतमा वा घाँटीमा लगाउन सकिन्छ । माणिक्य सबैतिर उपलब्ध हुन नसक्ने र सामान्य आर्थिक अवस्था भएकाहरूले किन्न पनि नसक्ने हुँदा आँकको जरालाई रविसप्तमीका दिन बिहान सूर्याेदय कालमा उखेलेर ताँमाको जन्तर बनाई दाहिने हातको पाखुरा, साहिली औंला वा गलामा धारण गर्नुपर्दछ । यो जन्तरलाई प्राण प्रतिष्ठा गरेर धारण गर्नाले सूर्यजन्य नकारात्मक ऊर्जालाई परावर्तन गरी सकारात्मक ऊर्जाको प्रवेश गराउँदछ र सूर्यबाट हुने ग्रहदशाको निवारण गर्न सहयोग पु¥याउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here