—डा. वासुदेवकृष्ण शास्त्री

ब्रह्माण्डका सबै जीवित प्राणी र निर्जीव पदार्थको शारीरिक संरचना, बनावट र प्राकृतिक सन्तुलन ब्रह्माण्डमा निहित रहेको शक्तिमा केन्द्रित छ । ब्रह्माण्डमा रहेको सन्तुलित शक्तिलाई ऋषि–महर्षिहरूले वेद र वैदिक वाङ्मयमा प्रष्ट पारेका छन् । प्राकृतिक सन्तुलन भन्नाले सबै जीवित प्राणी तथा निर्जीव पदार्थहरूको उत्पत्ति, विकास, विकासक्रमको निरन्तरता, स्थायित्व र विनाशलाई मान्न सकिन्छ । युगौंदेखि पढिने गरेका वेदका मन्त्र तथा ऋचा र वैदिक ज्ञानलाई ऋषि–महर्षिहरूले प्राकृतिक नियमको व्याख्या मान्दछन् ।
वेद एक संस्कृत शब्द हो । संस्कृतमा विद ज्ञाने धातुबाट वेद शब्द बन्छ । जसको अर्थ ज्ञानको आलोक हुन्छ । वैदिक साहित्य एक प्राचीन साहित्य हो, जसलाई वैदिक गुरुकुल र गोत्रीय परिवारले युगौं–युगदेखि अध्ययन, विश्लेषण तथा संरक्षण गर्दै आएका छन् । वैदिक साहित्यलाई ऋग्, यजु, साम र अथर्व गरी चार भागमा विभाजन गरिएको छ ।
वैदिक विज्ञानमा प्राकृतिक नियमलाई एक शुद्ध स्थितिको रूपमा वर्णन गरिएको छ । सबै प्राकृतिक नियमहरू स्वयम् उत्पन्न भएकाले ऋषि–महर्षिले बाहिरी प्रभावबाट असरविहीन भएकाले पनि प्राकृतिक नियमहरूलाई शुद्ध मानेका हुन् । उदाहरणका लागि शुद्ध पानी भन्नाले केही नमिसिएको शुद्धताको स्थिति हो, तर पानी आफै“मा दुई तŒवहरू हाइड्रोजनको दुई भाग र अक्सिजनको एक भागको मिश्रणबाट बनेको हुन्छ । यसकारण यी प्रकृतिका नियमहरू पनि विभिन्न प्राकृतिक शक्तिहरूको मिश्रणबाट बनिएका शुद्ध नियमहरू हुन् । यी नियमहरू मानवको नियन्त्रणभन्दा बाहिर एवम् स्वयम् उत्पत्ति भएका प्रकृतिले उत्पन्न गराएका सास्वत् नियमहरु हुन््, जसले प्राणीहरूको उत्पत्ति, विकास, विकासक्रम अनि विनाशलाई प्रत्यक्ष असर पारेको हुन्छ ।
वैदिक वाङ्मयमा पनि आधुनिक विज्ञानमा वर्णन गरिएझैं मानव शरीर संरचनाको विशेष व्याख्या गरिएको छ । यी दुवै विज्ञानहरू समान हुन् । आधुनिक विज्ञान आधुनिक अध्ययन र अनुसन्धानबाट प्राप्त निष्कर्ष र ज्ञानको संग्रह हो । ऋषि–महर्षिहरूले वर्णन गरेका समान विषयहरूको सङ्ग्रह वेद हो, जसले मानवजातिलाई प्राकृतिक नियमहरूको ज्ञान प्रदान गर्दछन् । यी दुवै विज्ञानअनुसार प्राकृतिक नियमहरू नै सृष्टिका कारक हुन् र यसको वर्णन मानवजातिको उत्थानका निम्ति प्रतिपादन गरिएको हो । यी ग्रन्थहरूको उद्देश्य प्राकृतिक नियमहरूको सही व्याख्या गरी मानव जीवनका प्रतिकूलताहरूलाई न्यूनीकरण र निवारण गर्दै सुखी जीवन बा“च्न पाउने काल्पनिक स्वर्गका रूपमा पृथ्वीलाई परिणत गर्ने हो, सबै प्राणी र चराचर जगत्को भलाइ हुन्छ । वैदिक विज्ञानमा शुद्ध ज्ञान अक्षय÷अटुट निरन्तर गतिशील शक्तिलाई महŒव दिइएको पाइन्छ । वेदले ज्ञानको क्रमलाई सही उपयोग गर्न सिकाउ“छ भने सही ज्ञानको अभावमा क्रमको उपयोगिता हुन्न, जसले सही काम र सही निर्णय लिनबाट वञ्चित गराउ“छ । यदि हामीले प्रत्येक वस्तुको क्रम र महŒव बुझ्ने हो भने प्रत्येक वस्तुको सही उपयोग र व्यवस्थापन गर्न सहयोग पुग्छ । ज्ञानको वृद्धिले हामीमा सही व्यवस्थापन शक्ति, ज्ञानक्रमको उपयोगिता र महŒव बुझ्ने शक्ति विकास गर्दछ, जसबाट प्राकृतिक नियमहरूको सही व्याख्या, उपयोग र सन्तुलन गर्ने शक्ति विकास हुन्छ । ब्रह्माण्डमा भएका अति सूक्ष्मदेखि अति विशाल वस्तुहरूका बारेमा वेदले महत्वका साथ व्याख्या गरेको छ । ब्रह्माण्डमा भएका सबै वस्तुहरू वेदमा व्याख्या भएको प्राकृतिक नियमअनुसार नै आ–आफ्नो क्रम र नियमस“ग व्यवस्थित छन् ।
विगत दुई सय वर्षदेखि आधुनिक विज्ञानमा धेरै अनुसन्धान र आविष्कारका साथै चमत्कारहरू भएका छन् । यिनै वैज्ञानिक अनुसन्धान एवम् खोजले प्रत्येक प्राणीको भित्री तहसम्म पु¥याएर सूक्ष्म शक्तिहरूको अणु पत्ता लगायो, प्राकृतिक नियमका विभिन्न शक्तिहरूको पत्तो लगाई ब्रह्माण्डको सिर्जना कसरी भयो र प्रत्येक अणुभित्र देव अंश (गड पार्टिकल)को अस्तित्व रहेको व्याख्या गरेको छ । अर्काेतिर जीवविज्ञानले जीवित प्राणीहरूको उत्पत्ति, विकास, विकासक्रम, शारीरिक अङ्गहरूको बनावट, आकार, प्रकार, कार्यविधि र कार्यक्षमता पनि निक्र्याेल गरिसकेको छ ।
आजको मानव सधै“ प्राकृतिक नियम र प्रकृतिलाई गहिरोस“ग बुझी प्रकृतिलाई आफ्नो वशमा राख्न निरन्तर लागिपरेको छ । ब्रह्माण्डले सिर्जना गर्ने शक्ति र ऊर्जा र यसले शरीरिक बनावटमा पार्ने असरहरू जान्न सधै“ प्रयत्नशील छ । जीवित प्राणी तथा निर्जीव पदार्थहरूको शारीरिक बनावट, आहार, बासस्थान, प्रजननजस्ता यावत् क्रियाकलापहरूले प्राकृतिक वातावरण वा प्रकृतिस“ग प्रत्यक्ष सम्बन्ध राख्छन् । यसको अर्थ प्राकृतिक नियमअनुसार नै परिवर्तन र गतिशिल सुक्ष्म चक्रबाट प्राणीहरूको विकास र विकासक्रम सन्तुलित रहँदै आएको छ । आजको आधुनिक विज्ञानले वैदिक साहित्य र विज्ञानमा उल्लेख गरिएका सबै प्राकृतिक नियमहरूलाई अनुसन्धान र खोजबाट पुष्टि गरी जीवित शरीरमा पाइने कोष, कोषिका, अङ्ग–प्रत्यङ्गहरूको पनि वैदिक विज्ञानकै मान्यताअनुरूप आधुनिक विज्ञानले पनि स्वीकारेको स्थिति हो ।
वैदिक वाङ्मयमा मानवशरीरको बनावट र कार्यस“ग पनि मिल्दा–जुल्दा विषयहरू छन् । यसैले मानवशरीर संरचना, कार्य र वैदिक संरचना कार्य दुरुस्तै मिल्ने भएकाले वेदलाई भौतिक र आध्यात्मिक सृष्टिको मार्गदर्शकका रूपमा पनि हेर्न सकिन्छ । वेद आधुनिक विज्ञानभन्दा धेरै पुरानो ग्रन्थ हो र विद्यमान आधुनिक विज्ञानले खोज र अनुसन्धान गरी पुष्टि गरेका विषयहरू वेद र वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुरूप नै पाइन्छन् । वैदिक साहित्यमा वर्णन गरिएका तथ्यहरू र आधुनिक विज्ञानले खोज–अनुसन्धानबाट पुष्टि गरेका कुराहरू मिल्नुले पनि प्राकृतिक नियमहरूको ज्ञान मानवजातिलाई वैदिक कालमै उपलब्ध भइसकेको कुरा मान्न सकिन्छ । यही प्राकृतिक नियमहरूको सही वर्णन र उपयोगले मानवजीवन अझ समृद्ध, सुखी र सम्पन्न हुने कुरामा दुई मत छैन । आधुनिक विज्ञान र प्रविधिले वैदिक विज्ञानमा व्याख्या गरेका तथ्यहरू पुष्टि मात्रै गरेको छ । वैदिक विज्ञानले व्याख्या गरेका प्राकृतिक नियमहरूको सदुपयोगले नै निश्चित रूपमा मानवजातिलाई सही दिशाबोध गर्ने र मानवजीवन–स्तर उकास्ने देखिन्छ । विश्वका धेरै वैज्ञानिकहरूले आफ्नो अन्वेषण र अनुसन्धानले वैदिक विज्ञानका प्राकृतिक नियम र सिद्धान्तहरूलाई सही ठह¥याई यसको उपयोग गरिरहेका छन् । त्यसैले यी प्रयोग गरिएका सिद्धान्तहरूको सदुपयोगले बुद्धि, शरीर अनि व्यवहारलाई परिवर्तन र सुधारका लागि पूर्ण प्रयोग गर्न सकिन्छ । वैदिक सिद्धान्त र नियमहरूको पालनाले मानिसको सोच र कर्म प्राकृतिक नियमअनुरूप हुनजान्छ । जीवन जब प्राकृतिक नियमअनुरूप चल्छ, त्यसपछि रोग–व्याधी र व्यावहारिक समस्याहरू रह“दैनन् । जीवनका कामना र चाहनाहरू पूरा भई जीवन सार्थक हुन जान्छ । वैदिक अनुष्ठानको अभ्यास र साधनाको सही प्रयोगबाट मानिसहरूमा सकारात्मक सोच र व्यवहारको प्रभाव बढ्ने हुन्छ भने नकारात्मक प्रभावहरू घट्ने कुराको पनि वैज्ञानिक पुष्टि भइसकेको छ । नकारात्मक प्रभावहरू भन्नाले स्वास्थ्यमा समस्या, मानसिक असन्तुलन, असामाजिक कार्य, हत्या–हिंसा, उद्दण्डताजस्ता कार्यलाई बुझिन्छ ।
वेदमा वर्णन गरिएका संरचना एवम् मानवशरीरका संरचना मिल्नुले पनि यस ब्रह्माण्डको विकासक्रमको नियमलाई बुझ्न सक्छौ“ । ब्रह्माण्डमा रहेको निहित शक्ति नै प्राकृतिक नियम हुन् । जसले यस ब्रह्माण्डमा रहेका सबै सजीव प्राणी वा निर्जीव पदार्थको सृष्टि र विकासक्रम निर्धारण गरेका हुन्छन् । ब्रह्माण्डको यस प्राकृतिक क्रमको नियमभङ्गताले विनाश र नियमको निरन्तरताले परिवर्तन, विकास र उन्नति हुन्छ । प्रकृतिको यो सृष्टि, विकासक्रम, परिवर्तन एवम् विनाश एक प्राकृतिक नियम हो, जसलाई बदल्न वा उल्टाउन सकि“दैन । किनभने प्रकृति नै शुद्ध ज्ञानको भण्डार हो जसलाई मानवको अधीनमा ल्याउन खोज्दा प्रकृतिको सृष्टिमै विचलन आई धेरै समस्याहरू उत्पन्न भएका छन् ।
उदाहरणका लागि मानिसमा देखिएका जटिल रोगहरू, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, बाढी, पहिरो, भूकम्प इत्यादि प्रकृतिको नियमविरुद्ध गरिहेका दोहन, परमाणु परीक्षण, आधुनिक विकासको क्रममा प्रकृतिमाथि भएको उपद्रोको परिणाम हुन् भन्न सकिन्छ । सृष्टिका सबै तŒवहरू आफै“मा पूर्ण भएकोले यहा“ भएका सूक्ष्म जीवहरूको पनि महŒव महान् छ । जस्तो पेटमा पाइने सूक्ष्म जीव
(व्याक्टेरिया) नभई पाचन प्रणालीले काम गर्नसक्दैन ।
‘अणोरणीयान् महतो महीयान्’ (न्याय) सूक्ष्मभन्दा सूक्ष्म जीव पनि आफै“मा विशाल हो । विशालभन्दा विशाल पनि आफै“मा सूक्ष्म हो । सृष्टिका सबै प्राणीहरूको आ–आÏनै स्थान हुन्छ । सबै उत्पत्तिहरू यही प्राकृतिक नियमस“ग बा“धिएका हुन्छन् । यो सृष्टि र विकासक्रमको उच्चतम ज्ञान नै वेद हो । प्रकृतिको सम्पूर्ण ज्ञानलाई मानव विकासका सबै पक्षहरू जस्तै– शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणजस्ता क्षेत्रमा सदुपयोग गर्नाले मानवजीवन सुन्दर र सार्थक हुने कुरामा दुईमत छैन । यही मानवजीवनस“ग जोडिएका प्राकृतिक नियम, वैदिक र वैज्ञानिक पक्षहरूको अध्ययन विभिन्न वैदिक गुरुकुलहरूमा गरिन्थ्यो र अद्यापि गरिन्छ । वैदिक साहित्यको ज्ञान प्राचीन वैदिक गुरुकुलहरूमा अध्ययन, अध्यापन र अनुसरण गरिने शिक्षा, आधुनिक साहित्यमा लेखिएका लेख, खोज, अनुसन्धान एवं अनुभवबाट पुष्टि भएका हुन् । वैदिक वाङ्मयमा व्याख्या गरिएको मानव शरीरको पञ्चतत्व र आधुनिक विज्ञानले अनुसन्धान गरेको डिएनए (एडिनिन, थाइमिन, साइटोसिन, ग्वानिङ) परीक्षण पाँचतत्वको सुक्ष्म व्याख्या नै हो ।
आधुनिक विज्ञानको अनुसन्धानले मानिसलाई सुख, सुविधा र भौतिक सम्पन्न त बनायो तर प्रकृतिका सास्वत् नियमहरुलाई उल्टाएर गरिएका अनुसन्धानले सृष्टिका नियमहरु उल्लंघन गरेका कारण आज संसारभरिकै मानव अशान्त छ, हिंसात्मक छ, अन्याय–अत्याचार र भ्रष्टाचारलाई प्रोत्साहन गर्छ, युद्ध र विनाशको उन्मुख छ । संसारका मानवले छाना, खाना र नाना, न्यायपूर्ण सामाजिक व्यवस्थाका लागि नित्य क्रियाशील रहँदै शान्ति र समृद्धिका लागि प्रयत्नशील रहनुपर्दछ । यसका लागि वैदिक वाङमयको सैद्धान्तिक ज्ञानलाई व्यवहार अनुशरण गर्दै विश्व शान्तिको प्रार्थना गरौं । ॐ शान्ति, शान्ति, शान्ति ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here