भगवान््् शिवजीको नेत्रबाट झरेको आँसुबाट रुद्राक्ष उत्पन्न भएको पौराणिक आख्यान रहेको छ । रुद्राक्ष अति गुणकारी प्रभावशाली समृद्धि–उन्नति प्रदायक, ग्रहदोष निवारक मानिन्छ। आयुर्वेदका ग्रन्थमा यसलाई महौैषधि पनि भनिन्छ। रुद्राक्षको फलको बोक्रा निकालेपछि भित्र रेसायुक्त दाना हुन्छ, जुन रेसाद्वारा बनेको धर्सालाई रुद्राक्षको मुख भनिन्छ । पौराणिक ग्रन्थहरूमा रुद्राक्षका ३४ मुखसम्म प्राप्त गर्न सकिन्छ भनिएको छ । यहाँ विभिन्न रुद्राक्षहरू तथा धारण गर्ने मन्त्र पनि उल्लेख गरिएको छ ।

भगवान शिव
एकमुखी रुद्राक्ष
ॐ एँ हँ औँ ऐं ॐ
सौर्य परिवारमा सूर्यग्रह बीचमा रहन्छ र अरु ग्रहहरूले सूर्यलाई परिक्रमा गर्दछन् । जसको प्रतिनिधित्व एकमुखी रुद्राक्षले गरेको हुन्छ । यसले सूर्यको नकारात्मक प्रभावबाट बचाउँछ । यसले दाहिने आँखाको रोग, टाउको, कान, खानानली, पेट तथा हड्डीको रोग निदान गर्दछ । एकमुखी रुद्राक्ष धारण गर्नेलाई मनोवैज्ञानिक रूपमा आत्मविश्वासी बनाउँछ । यसको धारणा गर्नाले मनलाई प्रफुल्लित राख्ने, नेतृत्वदायी गुण बढ़ाउने, सम्पन्नतामा वृद्धि हुने गर्दछ । यसको धारणले सूर्यको नकारात्मक प्रभावबाट सहजै बच्न सकिन्छ ।
एकमुखी रुद्राक्ष ज्यादै दुर्लभ रहेको छ । यो ज्यादै मूल्यवान् एवम् गुणकारी हुन्छ । एकमुखी रुद्राक्ष साथमा रहनाले ऐश्वर्य बढ्दै जाने, शक्ति बढ्दै जाने, प्रतिष्ठा, इज्जत बढ्दै जाने हुन्छ । मानिस आत्मविश्वसी, साहसी, धैर्यवान्, आध्यात्मिक सचेततायुक्त हुन्छ । यो धारण गर्नाले शिवशक्ति प्राप्त हुने विश्वास गरीन्छ । यो अरु रुद्राक्षहरूभन्दा सर्वश्रेष्ठ छ । यसलाई नै रुद्राक्षको जननीको रूपमा लिइन्छ । जीवनलाई सुखमय बनाउन र चौतर्फी सफलता प्राप्त गर्नका लागि यो धारण गर्नुपर्छ । यो रुद्राक्ष घरमा राख्नाले लक्ष्मी प्राप्त भइरहन्छिन् । असाध्य कार्य साध्य हुन्छन् । एकमुखी रुद्राक्ष सौभाग्य र साधनाबाट मात्र प्राप्त हुन्छ ।
दुईमुखी रुद्राक्ष
ॐ क्ष्रीं ह्रीं क्ष्रौं ॐ
दुईमुखी रुद्राक्षको स्वामी चन्द्रमा हो । चन्द्रमाको हानीकारक प्रभावलाई नियन्त्रण गर्दछ । देब्रे आँखा कान, मृगौला र पेट आदिमा नराम्रो असर पर्नबाट रोक्दछ । यो रुद्राक्षले प्रतिबद्ध सम्बन्धको विकासमा सघाउँछ । चन्द्रमाको सामान्य प्रभाव हुन्छ । यसले नकारात्मक दोषहरू रिसाहा, दिक्दारी र एकाग्रताको कमी आदिको नियन्त्रणमा ठूलो सहयोग गर्छ । यो रुद्राक्षले अर्धनारीस्वरूपको अनुग्रह प्रदान गर्छ । अर्काे शिव भगवान््को स्वरूपमा २ मुखे रुद्राक्षलाई लिइन्छ । यो शिवभक्तका लागि धेरै उपयुक्त हुन्छ । यसले मानसिक, शास्त्रीय र धार्मिक उन्नतिमा सहयोग प्रदान गर्दछ । दुईमुखी रुद्राक्षले भगवान्् रुद्र र उनकी अर्धाङ्गिनीको प्रतिनिधित्व गर्दछ । भगवान्् विष्णुको प्रतीकका रूपमा वैष्णवहरूले यसलाई आदर र पूजा गर्दछन् । त्यसैकारणले यसलाई वैष्णव र शैव दुवै पक्षहरूद्वारा पवित्र मानिन्छ । यो रुद्राक्ष लगाउनाले सबै इच्छा पूर्ण हुन्छन्, मनलाई शान्त र पवित्र बनाउन सहयोग पु¥याउँदछ । यो रुद्राक्ष धारण गरेर ध्यानगर्न सकिन्छ र धार्मिक र आर्थिक लाभ प्राप्त हुन्छ । यदि गर्भवती महिलाले दुईमुखी रद्राक्ष धारण गर्छिन् भने विनाकष्ट सजिलै बच्चा जन्माउन सक्छिन् भनिएको छ । नराम्रा सपनाहरूबाट पनि छुट्कारा दिलाउँदछ । भूतप्रेतको हानीकारक प्रभावबाट पनि मानिस स्वतन्त्र रहन्छ । यदि दुईमुखी रुद्राक्ष पाउन गाह्रो भएमा अन्य प्रकारका रुद्राक्ष पनि प्रयोग गर्न सकिन्छ । दुईमुखी रुद्राक्षले मनको चञ्चलतालाई कम गर्न सहयोग पु¥याउँदछ ।
तीनमुखी रुद्राक्ष
ॐ रं इं ह्रीं ह्रूं ॐ
तीनमुखी रुद्राक्षको नक्षत्र मङ्गल ग्रह हो । रोजगव्याधी र हानीकारक असरहरू (रक्तचाप, कमजोरी, महिनावारी गड्बड़ी मृगौला आदि) लाई कम गर्दछ । तीनमुखी रुद्राक्ष लगाउनाले खिन्नता, नकारात्मक र आपराधिक सोचाइ, हीनताबोध जस्ता दोषहरू व्यापक रूपमा घटाउँदछ । तीनमुखी रुद्राक्षले भौतिक समृद्धि पनि बढ़ाउन सहयोग पु¥याउनुका साथै रोग र तनाव कम गर्दछ । मानिसलाई सम्पूर्ण पाप, ताप र सन्तापबाट बचाउँदछ । तीनमुखी रुद्राक्ष भगवान्् अग्निको प्रतीक हो । यस रुद्राक्षको नियमित धारणले रोगलाई निर्मूल पार्दछ । यसको माला लगाएमा अग्नि भगवान््को तेज भए झै सबै शक्ति प्राप्त हुन्छ । यसले स्वास्थ्य, धन, सम्पत्ति र ज्ञान प्राप्त गर्न सहयोग पु¥याउँदछ । १०८ वटा तीनमुखी रुद्राक्षको माला धारण गर्नाले यौनशक्ति र आकर्षण पनि बढ़ाउँछ । यो तीन गुण (सत्व, रज, तम) को प्रतीक पनि हो । तीनमुखी रुद्राक्षा र केशरलाई दूधमा उमालेर २० दिनसम्म सेवन गर्नाले ज्ञान र स्मरणशक्ति बढ्दछ । मानवीय नकारात्मक सोचाइलाई यसको प्रयोगले पूर्णरूपमा हटाइदिन्छ । विशेषतः यस्तो रुद्राक्ष विद्यार्थी र विद्वान व्यक्तिहरूका लागि महत्वपूर्ण हुन्छ । तीनमुखी रुद्राक्ष लगाउनाले सबै प्रकारको सीप र ज्ञान प्राप्त गर्न सजिलो हुन्छ । मानिसले गहिरो सोचाइ र धर्म र अध्यात्मको रहस्यलाई सजिलै प्राप्त गर्दछन् ।
चारमुखी रुद्राक्ष
ॐ वां क्रां तां ह्रां ॐ
चारमुखी रुद्राक्षको राशि स्वामी मकर हो । यो रुद्राक्षले देवी, सरस्वती र ब्रह्माको प्रतिनिधित्व गर्दछ । विस्मरण, मूर्खता, अज्ञानता जस्ता कमजोरी निवारणका लागि यो चारमुखी रुद्राक्ष कण्ठ वा पाखुरामा धारण गर्नुपर्दछ । चारमुखी रुद्राक्ष धारण गर्नाले सिर्जनात्मक वा संरचनात्मक नव निर्माणको लागि उपयोगी हुन्छ । कवि, संगीतकार, कथावाचक, कलाकार सबैका लागि यो रुद्राक्ष अत्युपयोगी मानिन्छ । प्रस्तुति कलामा सफलता मिल्दछ, आत्मविश्वास र गौरब बढाउँदछ । यसले बौद्धिक मूर्खता, शक्ति प्राप्तिमा कमी र बुझाइमा समस्या जस्ता अवगुणबाट बचाउँदछ र शुभ फल प्राप्त हुनुका साथै साक्षात् ब्रह्माजीको आर्शिर्वाद प्राप्त हुन्छ ।
पाँचमुखी रुद्राक्ष
ॐ ह्रां आं क्ष्यौं स्वाहा
साक्षात् पशुपतिनाथ, अघोर, सद्योजात, वामदेव, तत्पुरुष र ईशान रुद्र पञ्चमुखी भगवान शिवको रुपमा पाँचमुखी रुद्राक्षलाई लिइन्छ । यसको राशि स्वामी बृहस्पति हो । बृहस्पतिको हानीकारक प्रभावहरूलाई कम गर्न र बौद्धिक क्षमता वृद्धिका लागि पाँचमुखी रुद्राक्ष प्रयोग गरिन्छ । अशान्ति, गरिबी, मेलमिलापको कमी, झै–झगडा आदि दोष निवारणका लागि यो रुद्राक्ष उपयोगी हुन्छ । । सम्पूर्ण जीवनयात्रामा सफलता प्राप्त गर्न सघाउँछ । ज्ञान, सम्पत्ति, यश, कीर्ति र लक्ष्य प्राप्त गर्न सघाउ पु¥याउँदछ । पाँचमुखी रुद्राक्ष विभिन्न रोगहरू निको पार्न प्रयोग गरिन्छ । यो रुद्राक्ष स्वास्थ, सुख र आनन्द प्राप्त गर्न र आन्तरिक शान्ति प्राप्त गर्नका निमित्त सहयोगी मानिन्छ । पाँचमुखी रुद्राक्ष लगाउनाले पञ्चब्रह्मा खुशी हुन्छन् । यसको धारणले शारीरिक निरोगता प्राप्त हुनुका साथै धन र ऐश्वर्य प्राप्त गर्दछ । जो व्यक्ति उच्च रक्तचापबाट ग्रसित छ, त्यसले पाँचमुखी रुद्राक्ष धारण गरेमा रोगबाट छुटकारा पाउँछ । पाँचमुखी रुद्राक्ष धेरै सावधानीपूर्वक छान्नु पर्दछ । यसले फोक्सो मुटु र रक्तसँग सम्बन्धित रोग निवारणमा सहयोग गर्दछ ।
छमुखी रुद्राक्ष
ॐ ह्रीं श्रीं क्लीं सौं ऐं ॐ
छमुखी रुद्राक्षको स्वामी भगवान कार्तिकेय हुन् । छमुखी रुद्राक्षको राशि स्वामी शुक्र हो । शुक्र ग्रहले घाँटी, यौन आनन्द, माया, सङ्गीत, कला, साहित्य, सिर्जना, सुन्दरता इत्यादिलाई प्रतिनिधत्व गर्दछ । छमुखी रुद्राक्षले उन्नतिपथ र समृद्धि बढाउन सहयोग पु¥याउँदछ । छमुखी रुद्राक्ष पुरुष जातिले दायाँ हातमा र स्त्री जातिले बायाँ हातमा लगाउनु पर्दछ । छमुखी रुद्राक्षको धारणले उच्च प्रकारको ज्ञान, समर्पण र सात्विकता प्रदान गर्दछ । स्त्री जातिको यौन सम्बन्धि रोग निवारणमा सहयोग पुग्छ । जो तन्त्रशास्त्रमा विश्वास राख्दछ र यसको धारण गर्दछ, त्यसले प्रशस्त लाभ प्राप्त गर्दछ । विद्यार्थी तथा व्यापारी वर्गले विशेष धारण गर्नुपर्दछ । छमुखी रुद्राक्षको धारणले व्यवसायमा पूर्ण सफलता प्राप्त गर्न सघाउ पु¥याउँदछ । भिरङ्गी, स्नायु र महिलासम्बन्धी विभिन्न रोगहरू निवारणका लागि छमुखी रुद्राक्ष उपयोगी हुन्छ । भूत–प्रेतको बाधाबाट छमुखी रुद्राक्षले बचाउँदछ ।
सातमुखी रुद्राक्ष
ॐ ह्रं क्रीं ह्रीं सौं ॐ
सातमुखी रुद्राक्षको राशि स्वामी शनि ग्रह हो । सम्पूर्ण ग्रहहरूमध्ये शक्तिशाली शनि ग्रहले आफ्नो अवस्थाअनुसार राम्रो वा नराम्रो फल दिन्छन् । सातमुखी रुद्राक्षले सप्तमातृकाको प्रतिनिधित्व गर्दछ । श्री लक्ष्मी, धृति, मेधा, स्वाहा, प्रज्ञा, सरस्वती आदि सप्तमातृकाको निवास सातमुृखी रुद्राक्षमा हुन्छ । सातमुखी रुद्राक्ष सप्त समुद्र र सप्त रंगको प्रतिनिधि हो । सातमुखी रुद्राक्ष लगाउने व्यक्तिलाई शनिको नकारात्मक प्रभावबाट बच्न सहयोग पु¥याउँदछ । सप्तमातृकाको साक्षात् कृपा प्राप्त हुन्छ । सातमुखी रुद्राक्षको धारणले सप्तर्षी प्रशन्न हुन्छन् र दीर्घायू प्रदान गर्दछन् । सुख, शान्ति, समृद्धि, वैभव र पवित्र ज्ञान प्राप्तिको लागि सातमुखी रुद्राक्ष धारण गर्नुपर्दछ । सन्तान प्राप्तिका लागि पनि सातमुखी रुद्राक्ष उपयुक्त हुन्छ । गरीबी, नकारात्मक सोचाइ, अस्वस्थता, अप्ठ्यारोपनबाट मुक्त हुन सातमुखी रुद्राक्ष उपयुक्त हुन्छ ।
आठमुखी रुद्राक्ष
ॐह्रां ग्रीं लं आं श्रीं ॐ
आठमुखी रुद्राक्षलाई अष्टविनायक, अष्टभैरवको प्रतिनिधिको रुपमा शास्त्रमा वर्णन गरेको पाइन्छ । यसको राशि स्वामी मेष र वृश्क्षिकको प्रभाव यसमा रहेको हुन्छ । राहु तथा अन्य ग्रहको नकारात्मक असरलाई हटाउन आठमुखी रुद्राक्षको प्रयोग गरिन्छ । सुख, प्रसिद्धि, सुस्वास्थ्य प्राप्त गर्न र आत्मविश्वास बढ़ाउन यो प्रयोग गरिन्छ । आठमुखी रुद्राक्षलाई भगवान्् गणेशको प्रतीक मानिन्छ । विघ्नविनाशक भगवान्् विघ्नेश्वरकोे दृष्टि मुख्य रूपले यो आठमुखी रुद्राक्ष धारण गर्ने व्यक्ति माथि पर्दछ । आठमुखी रुद्राक्षको धारणले खुशीयाली प्राप्त भइ सम्पूर्ण अप्ठ्याराहरू सहज बन्दछन् । अनन्त, कर्कट, पुण्डरीक, तृषार्क, विलोचन, कारिशा र शङ्खचूड आदि अष्टनागहरूको यो रुद्राक्षको प्रत्येक मुखमा बास हुन्छ । यो रुद्राक्ष धारण गर्नाले बुद्धि निर्मल भई पापकर्म गर्नबाट बचाउँछ । आठमुखी रुद्राक्षको माला धारण गर्नाले सम्पूर्ण लाभ, सुख–शान्ति प्राप्त हुन्छ । यसको धारणले दीर्घजीवनको प्राप्ति, सत्य र अहिंसावादी बनाउन सहयोग मिल्दछ । रोगमुक्त, विवेकी र विनाबाधा लक्ष्य प्राप्तिमा पु¥याउनु यस रुद्राक्षको विशेषता हो । आठमुखी रुद्राक्ष धारण गर्नाले विवेकी सन्तान जन्मन्छन् । सन्तानहरू विशिष्ट क्षमता र पढाइमा तीक्ष्ण हुन्छन् । तिनीहरू पापबाट मुक्त हुन्छन् । यसले दिमागलाई एकाग्र बनाउँछ । मुख्य रूपमा व्यवसायी समुदायहरूको लागि उपयोगी हुन्छ । आठमुखी रुद्राक्ष लगाउनाले बाजी, घोडा दौड़ र चिट्ठाहरू आदिमा विजेताको भागी बन्दछन् । वैष्णव चलन अनुसार यसलाई अनन्त आदि नागहरूको राजाको प्रतिनिधि मानिन्छ । प्रत्येक मुखले एउटा ठूलो नागको प्रतिनिधित्व गर्दछ । प्रत्येक मुुखमा ती प्रभावशाली नागहरूको शक्ति रहन्छ । आठमुखी रुद्राक्षले शासह र पराक्रम बढाउँदछ ।
नौमुखी रुद्राक्ष
ॐ ह्रीं वं यं लं रं ॐ
नौमुखी रुद्राक्षलाई नवदुर्गाको आशीर्वाद प्राप्त गर्न र नवग्रह शान्तिका लागि धारण गरिन्छ । नौमुखी रुद्राक्षको राशि स्वामी केतु हो । राहु र शनि जस्तै नकारात्मक असर यस ग्रहमा पनि हुन्छ । यस रुद्राक्षले केतु ग्रहको हानीकारक असरलाई नियन्त्रण गर्दछ । नवग्रहको हानीकारक असरका कारण मानसिक थकान, मानसिक सोचाइमा कमी, असफलता आदि हुने गर्दछ । नौमुखी रुद्राक्ष धारणले मानसिक थकान हटाउँछ र स्मरण शक्ति बढ़ाउँछ । रुद्राक्षको धारण गर्नाले धन, सम्पत्ति, मान सम्मान प्राप्त भई जीवन सुखमय बन्दछ । सपना र महत्वाकाङ्क्षा पुरा गर्न सघाउँछ । यसले शारीरिक शक्ति प्रदान गर्छ र काममा जाँगरिलो बनाउँछ । रुद्राक्षले संयुक्त रूपमा भैरव, यम (मृत्यु–लोकका राजा) र कपिल ऋषिलाई जनाउँछ । दुर्गा माताको पूजा गर्दा नवरात्र पर्वमा यसलाई देब्रे हातमा लगाउनु पर्दछ । माता दुर्गा धनकी देवी, उन्नति, पारिवारिक जीवनको खुशीकी दाता हुन् । उनले सबैको इच्छा पुरा गर्न दयालु अनुमति दिन्छिन् । जसले यो रुद्राक्ष लगाउँछ त्यसले भैरवको ईश्वरीय शक्ति पनि प्राप्त गर्दछ । तिनीहरूलाई भैरवको शक्तिले लाभान्वित गराउँछ । यो धारण गर्नेलाई देवताका राजा इन्द्र जस्तै सम्मान प्राप्त हन्छ । भगवान् गणेशबाट पनि दया पाउँछन् । नौमुखी रुद्राक्ष लगाउने मानिस अकालमृत्युको डरबाट मुक्त हुन्छन् । धारण गर्नेले सबै किसिमको प्रसिद्धि, आदरसँग प्रशंसा प्राप्त हुन्छ । धार्मिक प्रगति सम्बन्धी सफलता प्राप्त हुन्छ । नौमुखी रुद्राक्षको माला लगाउँने व्यक्ति रोगबाट मुक्त हुन्छ । उसले शत्रुहरूलाई हराउन सक्छ । अग्निबाट पनि कुनै पनि किसिमको नोक्सानी हुँदैन । यसको माला धारण गर्नाले दुर्घटनाबाट बचाउँछ । यो कमलपित्त रोगका लागि धेरै प्रभावकारी हुन्छ । यसको प्रयोगले सदैव स्वस्थ र सक्रिय जीवन यापन गर्न सकिन्छ ।
दशमुखी रुद्राक्ष
ॐ ह्रीं क्लीं व्रीं ॐ
दश मुखी रुद्राक्ष धन र मीन राशिका स्वामी वृहस्पतिको प्रतीक हो । यसले महान् रक्षक र मानवीय उद्धारकर्ता भगवान महाविष्णुको प्रतिनिधित्व गर्दछ । यो रुद्राक्ष लगाउनेले सुरक्षाको अनुभूति प्राप्त गर्दछन् । दशमुखी रुद्राक्ष धेरै शक्तिशाली हुन्छ । यसले व्यक्तिलाई जीवनमा खुशी, सफलता र उन्नतिमा रमाउन सहयोग पु¥याउँछ । यसले हानीकारक प्रभावको विरुद्धमा सुरक्षित राख्नुका साथै सुरक्षा र संरक्षाको अनुभूति गराउँछ । यो रुद्राक्ष लगाउनेलाई अशुभ ग्रहका पाँच प्रकारका हानीकारक असर र अन्य हानीकारक व्यवहारबाट छुट्कारा दिलाउँछ । यो रुद्राक्षको सानो टुक्रा दुधसँग मिलाएर पिएमा श्वासप्रश्वास सम्बन्धी सबै रोगहरूको निवारण हुन्छ । लामो खोकी र दमको रोगमा यो धेरै उपयोगी हुन्छ । यो लगाउने व्यक्तिलाई हतियारबाट हुने सबै प्रकारका आक्रमणबाट बचाउँछ । यसले धार्मिक क्षेत्रमा ठूलो महत्व राख्दछ । यसले लहरे खोकीको निदानमा पनि सहयोग पु¥याउँछ ।
एघारमुखी रुद्राक्ष
ॐ रूं क्षूं मूं यूं नमः शिवाय ॐ
एघारमुखी रुद्राक्ष भगवान एकादश रुद्रको प्रतीक हो । यस रुद्राक्षलाई इन्द्रको प्रतिकात्मक रूपमा पनि लिइन्छ । यसमा एकादश रुद्र स्थापित गरिएको मानिन्छ । यसलाई पूजाको लागि सुरक्षित ठाउँमा राख्नु पर्दछ । बहुमूल्य गर–गहना आदिसँग सुरक्षित बाक्सा भित्र राख्नाले सम्पत्ति र यश बढ़ाउँछ । यो लगाउनाले दीर्घायू प्राप्त हुन्छ । यसको सहयोगले मनपरेको मान्छेको माया र प्रेम पनि पाउँन सक्छ । यो विश्वास गरिन्छ कि एकादश रुद्र उसका मुखमा बस्छन् । यसलाई सँधै शिरको माथिल्लो भागमा लगाउनु पर्दछ । यो लगाउनेले एक हजार वटा घोडा त्यागेको र एक हजार वटा गाई दान गरेको पुण्य प्राप्त गर्दछ । यस्ता मानिस भगवान शिवको कृपापात्र बन्दछ र जन्ममृत्युको चक्रबाट मुक्त हुन्छ अर्थात् उसले यस संसारमा अर्काे जन्म लिनु पर्दैन । यसले भाग्यवान र दीर्घजीवन प्रदान गर्दछ ।
बाह्रमुखी रुद्राक्ष
ॐ ह्रीं क्षौं घृणिः सूर्याय नमः ॐ
बाह्रमुखी रुद्राक्ष द्वादशसूर्यको प्रतीक हो । यसले भगवान विष्णुको पनि प्रतिनिधित्व गर्दछ । सूर्यले सकारात्मक प्रभाव र पराक्रम बढ़ाउँछ । यस रुद्राक्षले पराक्रमी, ओजश्वी र यशश्वी बनाउँछ । भगवान सूर्यले सँधै दया गर्दछन् । यस्ता मानिसले सँधै धन, यश र व्यापक खुशी प्राप्त गर्दछन् । प्रत्येक घरमा बाह्रमुखी रुद्राक्ष राखेमा राम्रो मानिन्छ । यो लगाउनेलाई गाई दान गरे जस्तै फल प्राप्त हुन्छ । यसले मानिसलाई सुरक्षित राख्दछ । सबै प्रकारका हातहतियार र आगोको खतराबाट बचाउँछ । यसको पनि एक मुखी रुद्राक्ष जस्तै राम्रा गुणहरू हुन्छन् । यसले सपना साकार पार्न र उद्देश्य प्राप्ति गर्न सघाउँछ । प्रभावशाली र उच्च ओहोदामा रहने चाहना भएका मानिसहरूले यो लगाउनु पर्दछ । जसले धेरै हानीकारक प्रभावहरूको विरुद्धमा सुरक्षा दिन्छ । जीवन उपयोगी र आकर्षण गराउने चाहना भएका व्यक्तिले जीवनभर यसलाई धारण गर्नु पर्दछ ।
तेह्रमुखी रुद्राक्ष
ॐ ईं यां आपः ॐ
तेह्रमुखी रुद्राक्षले छमुखीको जस्तै प्रभाव पार्दछ । स्वर्गका राजा इन्द्रको प्रतिनिधित्व गर्ने यस रुद्राक्षलाई लगाउनाले मनमा शान्ति प्राप्त हुन्छ । यो रुद्राक्ष पनि दुर्लभ र प्राप्त गर्न कठीन हुन्छ तर यसको विशाल शक्ति छ । यसले मोक्ष प्राप्त गर्न सघाउँछ । यसलाई आकर्षकता बढ़ाउन पनि प्रयोग गरिन्छ । अरुमा मोहिनी प्रभाव पार्न यसको धारण गरिन्छ । यसले शान्त मन र शरीरमा स्फूर्ति प्रदान गर्दछ । जीवनलाई आनन्दमय र खुशियालीमय बनाउँछ । यो रुद्राक्षले विष्णुदेवलाई प्रसन्न गराउँदछ । यो रुद्राक्ष लगाउनेले यस लोकमा शान्ति प्राप्त गर्दछन् । तेह्रमुखी रुद्राक्ष लगाउनेको सँधै शुभ भैरहन्छ । यो रुद्राक्ष धारण गर्नेका सम्पूर्ण इच्छाहरू पूर्ण हुन्छन् । भाग्यमानी मानिसहरूले मात्र यसलाई प्राप्त गर्न सक्छन् । यसको प्रयोग गर्नाले सबै चाहनाहरू पूरा हुन्छन् र अवश्य पनि शुभफल प्राप्त हुन्छ । सबैको कल्याण हुन्छ ।
चौधमुखी रुद्राक्ष
ॐ औं हं हनुमते नमःॐ
सातमुखी रुद्राक्ष जस्तै असर पार्ने यो चौधमुखी रुद्राक्षको राशि स्वामी शनि हो । यस रुद्राक्षले तेस्रो आँखाका रूपमा रहेको बुद्धिलाई तीक्ष्ण बनाउँछ । विद्याको ढोका खोल्नमा पनि सघाउँछ अर्थात् बुद्धि, विवेक बढ़ाउँछ । कुण्डलिनी शक्ति जगाउँछ । यो रुद्राक्ष भगवान शिव र हनुमानको प्रतीक हो । यो रुद्राक्ष धेरै रोगीहरूको लागि लाभप्रद हुन्छ । यसले जीवनमा खुशियाली ल्याउँछ । पाखुरा वा घाँटीमा यसको धारण गर्नाले असंख्य फाइदाहरू हुन्छन् । यो शक्तिशाली रुद्राक्ष हो तर सजिलै पाउन सकिन्न । यसको माला बनाएर जप गर्नाले सँधै कठिनाई र आइपरेका अवरोधहरू हटाउन सकिन्छ । यसले व्यक्तिलाई सामथ्र्यवान् र शक्तिवान् बनाउँछ । मानिसको छैठौं इन्द्रियको विकास गराउँछ । चौधमुखी रुद्राक्ष धारण गर्दा सावधानी अपनाउनु पर्ने हुन्छ । यो रुद्राक्षले अपेक्षा भन्दा बढ़ी लाभ गराउँछ ।
गौरीशंकर रुद्राक्ष
यो रुद्राक्ष एकआपसमा जोडिएको हुन्छ । यसले शिव र पार्वतीको प्रतीकलाई जनाउँछ । रुद्राक्षको प्राकृतिक जोडाइलाई नै गौरीशङ्कर मानिन्छ । यसले आ–आफ्नै तर्फबाट श्रीमान र श्रीमतीको परिचय दिइरहेको हुन्छ। यसले पारिवारिक दाम्पत्य जीवन शान्त र आरामदयी तुल्याउँछ । यदि मानिसले गौरीशङ्करको पूजा आराधना गर्छन् भने विभिन्न कठिनाई दुःखहरूबाट मुक्त हुन सक्दछन् । गौरीशङ्कर रुद्राक्ष धारण गर्नाले शान्त र आरामदायी पारिवारिक जीवन बिताउन सकिन्छ । विवाहपछि श्रीमान श्रीमती बीच तनाव भएमा अवश्यपनि दुवैले गौरीशङ्कर रुद्राक्ष धारण गर्नु पर्दछ ।
अन्य विभिन्न प्रकारका रुद्राक्षहरू

गणेश गौरीशंकर पन्ध्रमुखी

सोह्रमुखी सत्रमुखी अठारमुखी

उन्नाइस मुखी बीस मुखी एक्काइस मुखी
यी सम्पूर्ण रुद्राक्षहरू भगवान शिवको कृपाबाट मात्र प्राप्त हुन सक्छन् । एवम् यी रुद्राक्षहरू अति दुर्लभ मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here