नेपालमा गाईपालन र यसको उपयोगिता

गाईलाई अन्य प्राणीको तुलनामा एक सचेत प्राणीका रूपमा लिने गरिन्छ । यसको महत्व परापूर्वकालदेखि अहिलेसम्म पनि उत्तिकै रूपमा रहेको छ । गाईको दूधलाई औषधिका रूपमा समेत प्रयोग गरिँदै आएको छ । बालबालिकाका लागि पनि आफ्नी आमाको दूधको विकल्पका रूपमा समेत गाईको दूध बढी पोषणयुक्त हुन्छ । पछिल्लो समय नेपालमा व्यावसायिक गाईपालन गर्ने क्रम बढेको छ । यसले एकातिर मानिसलाई रोजगारीको अवसर सृजना गरेको छ भने अर्काेतिर न्यून मात्रामा रहेको दूधको उपलब्धतालाई बढाइदिएको छ । यो वास्तवमै हाम्रा लागि गौरवको विषय हो । हाम्रो नेपाली धर्म सस्कार मा गाई लाई गौ माता का रुप मा पूजा गरिने हुँदा यसको बिशेष महत्वो रहेको छ ।
स्थानीय गाईको विवरण
नेपालमा मूलतः ९ किसिमका स्थानीय गाई पाइन्छन् । यो विश्वमा पाइने ८ सय किसिमका स्थानीय गाईको १.१ प्रतिशत हो । यसको विवरण निम्नानुसार छ ः
१) अछामी वा नौमुठे गाई ९द्ययक ष्लमष्अगक०
अछाम जिल्लामा मात्र पाइने खुरको समानान्तर मुठी राखेर त्यसमाथि अर्काे मुठी राख्दै जाँदा पेटमा पुगेपछि नौ मुठी हुने हुँदा नौमुठे नाम रहेको हो । केही दशकयता वर्णशङ्कर उत्पादन भई यसको मूल प्रजाति लोप हुने अवस्थामा पुगेको छ । अछामका लेकहरुमा मात्र फाट्टफुट्ट शुद्ध नश्लको पाइन्छ । ९द्ययक ष्लमष्अगक० यसलाई ब्राह्मिणी गाई पनि भन्ने हुँदा शुद्ध गाई यसैलाई मानिन्छ ।
२) लुलु गाई ९ द्ययक ष्लमष्अगकंद्ययक नचगललष्भलकंद्ययक तबगचगक०
यो गाई मुस्ताङ जिल्लामा मात्र पाइन्छ । यसका तीन प्रजातिको वर्णशङ्करका रुपमा लुलु गाईको आनुवंशिकको विकास भएको कुरा विज्ञानले पुष्टि गरेको छ । ९नचगललष्भलक० चाहिँ चौंरीगाई हो अने ९द्ययक तबगचगक ० युरोपेली मूलको लोप भइसकेको प्रजाति हो । शेयर बजारमा ९द्यगिि ० भनी चित्रित गरिने गाईको अगाडि फर्केको ठाडो सिङ हुन्छ । यो त्यही ९द्ययक तबगचगक ० को नभलभ हो । अहिले ९द्ययक तबगचगक ० भनिने गाईहरु यसका केही गुणसूत्र लिएका मात्र हुन् । यो लोप हुँदै छ र यसको नश्लमा परेको ९द्ययक तबगचगक ० को गुणसूत्र जोगाउन पनि लुलु संरक्षण गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा आइपरेको छ ।
३) श्रीगाई ९द्ययक ष्लमष्अगक०
यो ९द्ययक ष्लमष्अगक० कै तर इलाममा मात्र पाइने एउटा भिन्नै प्रकारको गाई हो । यसलाई लोप नै भइसकेको भनिएको छ । तर, स्थानीय जानकारहरुका अनुसार ५० देखि १०० सम्म पाउन सकिन्छ भन्ने सूचनाका आधारमा यसको संकलन र संरक्षण गर्न हामी उत्साहित छौं ।

४) खैला गाई ९द्ययक ष्लमष्अगक ०
यो नेपालका पहाडी गाउँघरमा पाइन्छ ।
५) पहाडी गाई ९द्ययक ष्लमष्अगक ०
यो कालो रङको स्थानीय प्रजाति हो ।
६) तराई गाई ९द्ययक ष्लमष्अगक ०
यो सेतो रङको स्थानीय प्रजाति हो ।
७) चौंरी गाई ९द्ययक नचगललष्भलक ०
पोखराको हामीले छानेको जमीनमा राख्न मौसम अनुकूल नभएकाले कास्कीकै उच्च हिमाली भेगमा यसको आधार गौशाला राख्ने योजना छ ।
८) गौरी गाई ९द्ययक नबगचष्गक०
यो गाई नेपालको तराईको जङ्गलमा पनि फाट्टफुट्ट पाइन्छ । यसलाई घरेलु तुल्याउन गाह्रो छ । तर, शिवजीलाई दूध चढाउन अपरिहार्य भएको हुँदा यसलाई संरक्षण गर्न जरुरी छ ।
९) मिथुन गाई ९द्ययक ाचयलतबष्कि०
यो गौरी गाईको घरपालुवा प्रजाति हो । यो नेपालबाट लोप भयो भनिएको छ । तर, पुनःस्थापित गर्ने हाम्रो योजना छ ।
विदेशी गाईको विवरण
नेपालमा भित्रिएका तर नेपालका लागि फाइदा भए÷नभएको नहेरिएका गाईको एउटा छुट्टै गौशाला बनाउने पनि हाम्रो योजना छ, जसले गाईपालन र त्यसबाट आम नागरिकलाई अरु प्रोत्साहित बनाओस् ।
१) गुजराती गाई ९द्ययक ष्लमष्अगक०
यो गाई रणबहादुर शाहको पालामा नेपालमा भित्रिएको मानिएको छ । तर, अहिले यो लोप हुन पुगेको छ ।
२) जर्सी गाई ९द्ययक तबगचगक०
यो गाई जुद्धशमशेरको पालामा नेपाल भित्रिएको मानिएको छ ।
३) डेष्टर गाई ९द्ययक तबगचगक०

यो गाईलाई गरीबको गाई पनि भनिन्छ । घाँस थोरै दिए पुग्ने तर दूध धेरै दिने यो गाईका आयातकर्ता अखण्डशमशेर राणा हुन् ।
४) होलेस्टोन गाई ९द्ययक तबगचगक०
यो गाई हिमालयविक्रम शाहले नेपालमा झिकाएको मानिन्छ । यसका छाडा साँढेहरु अझै पनि काठमाडौंमा देख्न पाइन्छ ।
५) भेचुर गाई ९द्ययक ष्लमष्अगक ०
संसारको सबैभन्दा सानो मानिने यो गाई नेपालको चिडियाखानामा डा. मुक्तिनारायण प्रमुख हुँदा प्रदर्शनमा थियो । यो गाई विश्वमा २०० ओटा मात्र रहेको भनिएको छ । घरायसी पालन सम्भव तुल्याउने हो भने यो गाईप्रतिको वृद्धि गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ छ ।
यीबाहेक अन्य फाइदाजनक हुने गाईका नमूना प्रदर्शनस्थल तयार गर्नु, प्रयोग गरी हेर्नु र जानकारी दिनु हाम्रो लक्ष्य हो । समूलमा यो यस्तो गाई केन्द्र बनोस्, जसमा वैज्ञानिक, सामान्य मानिस र कृषक सबैले भरोसा गर्न सकून् भन्ने हामी चाहन्छौं ।
अनुमानित लागत
५ करोड ४ लाख रुपैयाँ
पाङमा राखिएको १००८ गौधाराबराबर १००८ गाई राख्ने योजनाअनुसार प्रतिगाई ५०००० अनुदानको कुल ५ करोड ४ लाख हुन आउँछ ।