घर अथवा व्यावसायिक प्रतिष्ठान बनाउँदा कर्पाेरेट वास्तुअनुसार निर्माण गरेमा महŒवपूर्ण व्यापारिक सफलता प्राप्त हुन्छ । कर्पाेरेट वास्तुअनुसार अफिसमा कुन र कस्तो खालको वास्तु प्रयोग गर्ने सम्बन्धमा तल उल्लिखित बुँदाहरू महŒवपूर्ण रहेका छन् ।

कार्यालयको भित्री बनावट
ड्ड दक्षिणपूर्वमा भान्साकोठा बनाउनु उपयुक्त हुन्छ ।
ड्ड उत्तरपूर्वमा पानीको श्रोत ईनार, पानीको ट्याङ्की, धारा, कल आदि बनाउनु राम्रो हुन्छ ।
ड्ड दक्षिण पश्चिम दिशामा मूल व्यक्तिको सुत्नेकोठा बनाउँदा आरामदायी निद्रा आउने हुन्छ ।
ड्ड शौचालयमा पूर्व या पश्चिम फर्केर बस्नुहुँदैन ।
ड्ड छतमा पानीको ट्याङ्की पश्चिमपट्टी राख्दा शुभ रहन्छ ।
ड्ड बच्चाहरूको सिरान पूर्वपट्टी बनाउनु पर्दछ ।
ड्ड बच्चाहरू सुत्ने कोठामा टेलिभिजन तथा अन्य विद्युतीय उपकरणहरू राख्नु शुभ हुँदैन ।
ड्ड विद्यार्थीले पूर्व या उत्तर फर्केर पढ्नुपर्दछ ।
ड्ड दक्षिण फर्केर खाना खानु राम्रो मानिदैन ।
ड्ड रेडियो, टेलिभिजन, कम्प्यूटर आदि विद्युतीय उपकरणहरू कोठाको आग्नेय कोणमा राख्नु पर्दछ ।
ड्ड ए.सी. राख्दा कोठाको पश्चिमपट्टी राख्नु उचित रहन्छ ।
ड्ड आइरन, हीटर, ग्यास, बत्ती आदि कोठाको दक्षिण तर्फ राख्नुपर्दछ ।

कार्यालयको भित्री बनावट
ड्ड घरभित्र सिलाइमेशिन, दराज तथा भारी सामानहरू कोठाको दक्षिणपट्टी राख्नुपर्दछ ।
ड्ड बैठककोठाको सोफा ईशानकोणमा राख्नुहुँदैन ।
ड्ड भारयुक्त प्राविधिक सामानहरू घरको उत्तरपूर्व ईशानकोणमा राख्नुहुँदैन ।
ड्ड खाना खाँदा उत्तर, पश्चिम वा पूर्व फर्केर बस्नुपर्दछ । सामूहिक स्थितिमा सबैतिर फर्केर खान सकिन्छ ।
ड्ड खाना खानुअघि भगवान्, कुलदेवतालाई सम्झेर वा चढाएर मात्र खानु शुभ रहन्छ ।
ड्ड भोजनमा तुलसीको पत्र अनिवार्य रूपमा प्रयोग गर्नुपर्दछ ।
ड्ड मुख्य शयनकक्षमा महिलाहरूको ड्रेसिङ्ग टेबुल, ऐनाआदि राख्नुहुँदैन ।
ड्ड शयनकक्षमा डरलाग्दा, भयानक चित्रहरू राख्ने गर्नाले मानसिक तनाव बढाउने हुन्छ ।
ड्ड गाडी पार्किङ्ग दक्षिण या पश्चिममा गर्नुपर्दछ ।
ड्ड अग्ला रुखहरू घरको दक्षिण या पश्चिममा लगाउनुपर्दछ ।
ड्ड घडेरीको उत्तरपूर्व सदैव खुल्ला राख्नुपर्दछ ।
ड्ड घरको मुख्य द्वारको दायाँपट्टि तुलसी अनिवार्य रूपमा लगाउनुपर्दछ ।
ड्ड घरमा तुलसी लगाउनाले वास्तुदोषबाट बच्न सकिन्छ ।
ड्ड प्रस्तावित घर, पसल, व्यापारिक कम्प्लेक्स किन्नुु या बनाउनुपूर्व त्यसको चारैतिरको बनावट, वातारवण र ढाँचाको अवलोकन गर्नुपर्दछ । छेउछाउमा होहल्ला, तथा फोहोर हुनुहुँदैन ।
ड्ड भूमिको नजिकै स्मशानघाट, ढल वर्कसप नभएमा राम्रो हुन्छ ।
ड्ड साँध (छिमेकी घडेरी) मा मुद्दामामिला चलिरहेको भए त्यस्तो भूमि उपयोगी मानिँदैन ।
ड्ड कुनै पनि गल्ली अथवा लाइनबद्ध घरमध्ये अन्तिम घर पनि लिनुहुँदैन ।
ड्ड सडकको किनारमा रहेको एक्लो घर पनि शुभ मानिदैैन ।
ड्ड भूमि खरीद गर्नुपूर्व आप्mनै निगरानीमा नाप्नुपर्दछ ।
ड्ड माटोको रङ, स्वादआदिको विश्लेषण गर्न अढाइ फिट गहिराइको माटो हेर्नुपर्दछ ।
ड्ड प्रस्तावित भूमिमा अढाइ फिट गहिरो खाल्डो खन्ने । खाल्डो भरिने गरी पानी हाल्ने । यदि पानीको स्थिति शान्त भए शुभ र तलबाट फोका उठेर माथिआएमा त्यस्तो भूमि अशुभ मानिन्छ ।
ड्ड त्रिकोणमा रहेको भूमि खरीद गर्नु उचित हुँदैन ।
ड्ड छायाँ नपर्ने, स्वच्छ वायुको आवागमन हुने, मुख्य र शाखा बाटो सीधा एवम् फराकिलो भएको, ठाउँको नाम आप्mनो राशिको नामसँग मिल्ने स्थान अत्यन्त शुभ मानिन्छ ।
ड्ड कुनै पनि कुनामा अग्लो रुख छ भने त्यस्तो भूमि राम्रो मानिदैन ।
ड्ड बिजुलीको खम्बा, ट्रान्समिटर, भूमिको कुनै पनि परिधिमा हुनुहुँदैन ।
ड्ड अवैध वस्ती तथा झाडी नजिक भूमि राम्रो मानिदैन ।
ड्ड बाढीले डुबाउने, भिरालो जग्गा र वर्षाको पानी जम्ने भूमि चयन गर्नु उचित मानिदैन ।
ड्ड मुख्य द्वारको अगाडि भान्साघर, बगैंचा, पानीको फोहरा आदि बनाउनुहुँदैन ।

ड्ड गोदाम भवनको वायव्य कोणमा बनाउनुपर्दछ ।
ड्ड सुरक्षागार्डको आवास या बस्ने कोठ आग्नेयकोणमा बनाउनुपर्छ ।
ड्ड रिसेप्सन, मन्दिर एवम् पूजागृह आदि ईशान कोणमा बनाउनुपर्दछ ।
ड्ड प्mयाक्ट्रीको नजिकै मन्दिर बनाउने हो भने मन्दिरको साइज प्mयाक्ट्रीभन्दा सानो हुनुपर्छ । साथै ईशानमा मन्दिरको साइजको पाँच गुणा भूमि खाली राख्नुपर्दछ ।
ड्ड व्यावसायिक भवनको नैर्ऋत्य कोण अग्लो र ईशान कोण होचो हुनुपर्दछ
ड्ड कर्मचारीको आवास पश्चिममा बनाउनुपर्दछ ।
ड्ड कर्मचारीहरू बस्ने आवासको उचाइ मुुख्य भवनभन्दा सानो हुनुपर्दछ ।
ड्ड सेप्mटी ट्याङ्की पश्चिम दिशामा बनाउनुपर्दछ ।
ड्ड सेप्mटी ट्यांकीलाई नैर्ऋत्यकोणतिर फर्काउनुहुँदैन र सेप्टी ट्याङ्की ईशान कोणमा बनाउनुहुँदैन ।
ड्ड कच्चा सामग्री दक्षिणपूर्वी दिशामा राख्नुहुँदैन ।
ड्ड स्वीमिङ पुल पूर्व अथवा उत्तरमा बनाउनुपर्दछ ।
ड्ड मुख्य सभाकक्ष उत्तर अथवा वायव्य कोणमा बनाउनुपर्दछ ।
ड्ड सभाकक्षको पूर्वतिरको भाग लामो हुनुपर्दछ ।
ड्ड चौकीदार या सुरक्षाकर्मीको कोठा आग्नेय कोणमा बनाउन सम्भव भएन भने उत्तरतर्फ फर्काएर पश्चिमपट्टि, पूर्वपट्टि फर्काएर दक्षिणपट्टि बनाउनुपर्दछ ।
ड्ड वायव्यकोणमा सुरक्षाकर्मीको कोठा बनाएमा अग्निभय, चोरभय हुनसक्दछ ।
ड्ड कुनै पनि संस्था वा व्यापारिक केन्द्रका प्रमुख व्यक्ति वा अध्यक्षको कार्यालय नैर्ऋत्यकोणमा बनाउनुपर्दछ ।
ड्ड कुनै पनि संस्थान वा व्यापारिक केन्द्रको अर्थ प्रशासन हेर्नेहरूका लागि नैर्ऋत्य कोण या उत्तरपट्टि अथवा ईशानकोणमा बनाउनुपर्दछ ।
ड्ड प्रविधिकज्ञहरूको कोठा आग्नेयकोण वा पश्चिमको बीचमा राख्नु उपयुक्त मानिन्छ ।

ड्ड बजार प्रतिनिधि, अस्थायी कर्मचारी, सहयोगी कामदार आदिको कार्यालयीय वा अस्थायी बसाइका लागि वायव्य कोणमा उपयुक्त हुन्छ ।
ड्ड स्वागत र पूजा कक्षका लागि सर्वाधिक उत्तम कोण ईशान मानिन्छ । तर, पर्याप्त खाली स्थान हुनु आवश्यक छ ।
ड्ड धनसार अर्थात् ढुकुटी ईशान वा पूर्वभागमा राख्नुपर्दछ ।
ड्ड धनसार या गल्ला धेरै ठूलो नबनाइ वास्तुचक्रको सिद्धान्तानुसार एक, तीन या पाँच हातसम्मको मात्र बनाउनुपर्दछ ।
ड्ड कतिपय उद्योगधन्दा वा प्mयाक्ट्रीका लागि प्रयोग हुने कच्चापदार्थ अग्निजन्य भए आग्नेय कोणमा, माटोजन्य भए पूर्वमा, पानीजन्य भए उत्तर वा पश्चिमा, फलामजन्य भए दक्षिण र कागज वा रुवाजन्य पदार्थ वा बहुमूल्य रत्नहरू भए उत्तरकोणमा राख्नुपर्दछ ।
ड्ड पाकशाला वा भोजनालय आग्नेयकोणमा बनाउनुपर्दछ । यदि आग्नेयकोणमा बनाउन स्थान अभाव भए नैर्ऋत्य कोण र पश्चिमको बीचमा पनि बनाउन सकिन्छ ।
कार्यकारी प्रमुख अफिसमा बस्दा उत्तर या पूर्व फर्किएर बस्नुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here