हाम्रो मानव शरीरमा केही संरचनाहरू छन्, जो हाम्रो मस्तिष्कको प्रवेशद्वार हुन् । तिनीहरू – पोन्स, मेडुला र सेरिवेलम हुन् ।
मस्तिष्कमा जाने कुनै पनि सूचना, जाने र सूचना फर्कने प्रतिक्रियाहरू यिनै पोन्स मेडुला र सेरिवेलमको मार्ग हु“दै प्रवाह हुन्छन् । यी अङ्गहरूको कार्य गणेशजीले शिवजीको प्रवेशद्वारमा गरेको कार्यजस्तै नै हुन् । माथि उल्लेखित अङ्गहरूको बनावट पनि गणेशजीको मुखाकृतिस“ग मिल्दा–जुल्दा छन् । गणेशजीको अर्काे नाम चारुवर्ण हो जसको अर्थ सुन्दर कान भएको हुन्छ । गणेशका कानहरू हाम्रो मस्तिष्कको सेरिवेलम ९ऋभचभदभििगm०स“ग मिल्दो छ, जसले हाम्रो शरीरको सन्तुलन, आ“खाको चाल, शरीर र खुट्टाको चाल अनि सन्तुलन कायम राख्छ । वैदिक साहित्यअनुसार व्यास ऋषिले गणेशजीलाई ध्वनि, शब्द र अर्थको कल्पना गर्दै महाभारत लेख्न लगाउनुभएको थियो । जुन कार्य हाम्रो मस्तिष्कको सेरिवेलमले आशयअनुरूप कार्य गर्ने गर्छ । हाम्रो शरीरिक बनावटस“ग यो कार्यलाई दा“ज्दा व्यास ऋषि बोलीको केन्द्रबिन्दू मस्तिष्कलाई प्रतिनिधित्व गर्छ । लेखन प्रक्रियामा मस्तिष्कले सोचेको कुरा गणेशजीले पहरा दिने हाम्रो मस्तिष्कको प्रवेशद्वारबाट प्रवाह हु“दै हातको निश्चित गति र कार्यको समन्वय हुन्छ ।
हाम्रो मस्तिष्कको गणेशस“ग मिल्दो संरचना नै मानव शरीरका प्रमुख कार्यहरू सञ्चालन एवं समन्वय गर्ने गर्दछ । गणेशको अनुहारस“ग मिल्दो पोन्स ९एयलक०नै हाम्रो मस्तिष्कको प्रमुख भाग हो । जसले शरीरका धेरै कार्यहरू जस्तै ज्ञानेन्द्रियहरूको कार्य सम्पादन, मांसपेशी र जोर्नीहरूको कार्य सञ्चालन गर्दछ । शरीरका महŒवपूर्ण मुटुको चाल स्वाश–प्रश्वास, रक्तचापजस्ता कार्य सञ्चालनको अभिभारा पनि गणेश आकृतभङ्गले गर्दछ ।
मस्तिष्कको अर्काे अङ्ग हो मेडुला ९ःभमगििब० । मेडुला पनि गणेशको सू“डस“ग मिल्दो आकृतिको छ । मेडुलाले पोन्समा हुने कार्यहरूको बाटोको रूपमा काम गर्छ ।
त्चष्नझष्लब िल्भचखभक सुषुम्नाहरूको जराले गणेशका आ“खाहरूको प्रतिनिधित्व गर्छन्, जसले छाला, मांसपेशी, अनुहारको जार्नी, मुख र दा“तबाट हुने सूचनाहरूको प्रवाह मस्तिष्कमा गर्छन् । यी त्चष्नझष्लब िसुषुम्नाहरूको काम पनि आ“खाको जस्तो हुन्छ, जसको वातावरणबाट ज्ञानेन्द्रियले सूचना सङ्कलन गर्छ ।
पोन्सको फेदमा भएका सुषुम्नाहरूको एक झुण्ड गणेशको सू“ड आकृतिको छ । यो अङ्ग शारीरिक सन्तुलन आ“खाको चाल, शरीर ठाडो राख्ने र शिरको गतिको कार्य सञ्चालन गर्छ भने यी कार्यहरू सू“डले गर्ने कार्यजस्ता छन् ।
हाम्रो शरीरका प्रमुख अङ्गहरूको आकार, बनावट र यसले गर्ने शरीरका अति संवेदनशील कामहरू सबै शरीरिक कार्यहरूको प्रवेशद्वार गणेशको शरीरस“ग मिल्नुले सबै धार्मिक अनुष्ठानमा सर्वप्रथम गरिने गणेश पूजाको पुष्टि गर्दछ । वैदिक साहित्यमा श्रीगणेशजीलाई अरु पनि धेरै नामहरूले चिनिन्छ भने उनलाई गरिने विभिन्न वर्णन र श्रृङ्गारले पनि उनको संरचना र कार्यलाई चिन्न मद्दत गर्दछ । गणेशजीका विभिन्न नाम र नामस“ग मिल्ने शारीरिक अङ्गहरूको छोटो वर्णन यहा“ गरिन्छ ।
विनायकः विनायकको अर्थ नेता वा पथप्रदर्शक हुन्छ । गणेश एक विशेष नेता र अति विशेष पथप्रदर्शक हुन् । गणेशभन्दा ठूला राजा छैनन् । यसले उनी यस ब्रह्माण्डका एक चक्रवर्ती सम्राट हुन् । उनी मस्तिष्कमा विराजमान छन् ।
विघ्नराजः विघ्नराजको अर्थ विघ्न–बाधाका राजा भन्ने हुन्छ । गणेश विघ्नकर्ता र विघ्नहर्ता दुवै हुन् । हाम्रो मस्तिष्कको गणेशलाई हेर्दा यो यस्तो प्रवेशद्वर हो जसले रोक्ने छेक्ने कामका साथै चाहिने कुरा वा सन्देश मात्र आवत–जावत गर्न दिन्छ । माथि उल्लेखित अङ्गहरू पोन्स, मेडुला र सेरिवेलम ९एयलक, ःभमगििब ७ ऋभचभदभििगm० ले हाम्रो मस्तिष्कमा जाने र आउने सन्देशहरू नियन्त्रण गर्छन् ।
पशुपालः पशुपालको अर्थ जीवित प्राणीहरूका पोषणकर्ता वा संरक्षणकर्ता हुन्छ । शिवभक्तका पालन र पोषणकर्ता गणेश हुन् । गणेशको आकृतिका रूपमा देखिने हाम्रो मस्तिष्क पनि मानव शरीरको एक प्रमुख केन्द्र हो, जसले हाम्रो शरीरको अति महŒवपूर्ण कार्यहरू सञ्चालन गर्नेगर्छ ।
द्वैमातुरः द्वैमातुरको अर्थ जसका दुई आमा छन् भन्ने हुन्छ । गणेश पार्वतीका छोरा हुन्, तर गणेशको उत्पत्ति पार्वतीको शरीरमा जम्मा भएको मयलबाट भएको हो । मयल प्रकृतिको उपज भएकाले गणेशकी दोस्री आमा प्रकृतिलाई मान्न सकिन्छ । त्यसैले उनलाई द्वैमातुर भनिएको हो । गणेश आकृतिको मानव मस्तिष्क पनि दुई पत्रहरूले बेरिएको हुन्छ, जसलाई वैज्ञानिक भाषामा पियामातर ९एष्बmबतभच० कोमल माता र डुरामातर ९म्गचबmबतभच० अर्थात् कठोर माता । यी दुई पत्र (तह)हरूका बीचबाट जीवनप्रदायी र पोषक तŒव सेरिब्रोस्पाइनल Ïल्युड ९ऋभचभदचयकउष्लब िँगिष्म० प्रवाह हुनेगर्छ । यही सेरिब्रोस्पाइनल तरल पदार्थलाई शिव र विष्णुका रूपमा हेरिन्छ । यस अर्थमा शिवलाई पार्वतीको हृदयमा बसेको मानिन्छ । किनकि मस्तिष्कलाई मेनिन्जेजले सुरक्षा दिएको हुन्छ भने मेनिन्जेजमा भएका नलीहरूले मस्तिष्कलाई चाहिने पोषक तŒवहरू प्रवाह गर्छन् ।
भालचन्द्रः भालचन्द्रको अर्थ हुन्छ निधारमा चन्द्रमा भएका । हाम्रो मस्तिष्कमा चन्द्रमाको आकृतिमा हुने अङ्गहरू हाइपोथेलामस ९ज्थउयतजबबिmगक० जुन गणेशको निधारमा भएको चन्द्रमा जस्तै गणेश आकृति हाम्रो मस्तिष्कको भागमा अंकित हुन्छ ।
एकदन्तः एकदन्तको अर्थ हुन्छ एउटा दा“त भएको । पौराणिक कथाअनुसार गणेशले आÏनो दोस्रो दा“तले चन्द्रमालाई हानेका थिए । एक रात गणेशजी आपूmले लगाएका गहनाहरूमा अल्झिएर लडे । गणेश लडेको देखेर चन्द्रमा हा“सिन्े । चन्द्रमा हा“सेको देखेर रिसले चूर भएर गणेशजीले आÏनोे एउटा दा“त भा“ची चन्द्रमा माथि प्रहार गरे । त्यसपछि गणेशजीको एक मात्र दा“त रहन गयो । गणेशजीको शरीरमा लपेटिएका गहना र धागोले हाम्रो मस्तिष्कका सुषुम्ना आदि विभिन्न प्रकारका नाडीहरूको प्रतिनिधित्व गर्छ भने, कथामा उल्लेख गरिएको रात (अन्धकार)ले स्वसञ्चालन हुने हाम्रो स्नायू प्रणालीलाई जनाउ“छ । गणेश लड्नुलाई यहा“ ज्ञानेन्द्रियहरूबाट प्रवाह हुने विभिन्न बाहिरी तŒवहरूको असर मानिन्छ । चन्द्रमामाथि प्रहार गरिएको दा“तले मस्तिष्कको इचनबलगm ख्बििगयिकगm लाई जनाउ“छ ।
हाइपोथेलामसलाई यस वर्णनमा चन्द्रस“ग दा“जेर हेरिएको छ । जसलाई रक्तसञ्चारको बाटो गणेशले आÏनै दा“त प्रयोग गरेर खुलाएको भन्ने हो । हाइपोथेलामस र मस्तिष्कको दुइतर्फी सम्बन्धलाई चन्द्रमा र गणेशको सम्बन्धको रूपमा हेरिन्छ ।
पद्म ः पद्मको अर्थ कमलको फूल भन्ने हुन्छ । कमल फूललाई गणेशले हातमा लिएका छन् । उक्त कमल फूल मस्तिष्कको द्यबकब िल्गअभिष् जस्तो छ । जुन गणेश आकृति मस्तिष्कको भागको छेउमा रहेको छ ।
अङ्कुश ः अङ्कुशको अर्थ बन्चरो आकृतिको हतियार वा अस्त्र हो, जसलाई गणेशले आप्mनोे हातमा लिएका छन् । अङ्कुशको बनावट पनि ऋयचउगक ऋयिियकगm को तह जस्तो हुन्छ । लड्डू गणेशलाई मन पर्ने एक प्रकारको मिठार्इं हो । यही लड्डूलाई हाम्रो मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थी ९एष्तगबतबचथ न्बिलम० स“ग तुलना गरिएको छ । जसको स्थान गणेश आकृत यस मस्तिष्कको छेउमा छ । यही लड्डू अथवा पिट्युटरी ग्रन्थीले शरीरका विभिन्न महŒवपूर्ण कार्यहरू नियन्त्रण र समन्वय गर्ने गर्दछ । यी कार्यहरू जस्तै – शरीरमा हुने रासायनिक कार्यहरू, खानाका व्यवहार, पोषण तŒवको शोषण र प्रयोग, चिनी र प्रोटिनका मात्रालाई रगतमा नियन्त्रण गर्ने आदि ।
यी माथि उल्लेखित प्रसङ्गहरूले गणेशको आकृति र मानव शरीरको बनावटस“ग तुलना गरी मानव शरीरमा देव आकृतिको अङ्ग भएको पुष्टि अनि शरीरमा भएको देवगुणहरूको उपस्थिति जनाउ“छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here