अपमार्ग

तदेव युक्तं भैषज्यं यदारोग्याय कल्पते
स चैव भिषजां श्रेष्ठो रोगेभ्यो यस् प्रमोचयेत्।चरक संहिता

अर्थात् –“सबै भन्दा राम्रो औषधी त्यो हो जसले रोग निवारण गरोस् र प्रतिकृया स्वरुप अरु बीमारी उत्पन्न नगरोस्”।
प्राचीनकाल देखि ऋषि महर्षिहरु, वैद्यहरु र हकीमहरुले रोग निवारणका लागि विविध बनस्पतिहरुको चमत्कार पुर्ण प्रयोग गरिआएका छन्। यस्ता औषधीय जडीबुटीहरुले “साइड एफेक्ट र आफ्टर एफेक्ट” गर्दैनन्। एलोप्याथिक औषधीहरुले कुनै पनि बीमारीको टुप्पो चुडाएर घटाउँदै लैजान्छन भने आयुर्वेदिक औषधीहरुले जरा नै उखेलेर निर्मूल पार्छन्। यस प्रकृयामा एलोप्याथिक औषधीहरुले छिटै असर देखाउछन भने आयुर्वेदिक औषधी अलिक लामो अवधीसम्म प्रयोग गर्नु पर्ने हुन्छ र यसका लागि धैर्य र विश्वासको आवश्यकता छ। तर पनि आयुर्वेदिक औषधी सर्ब मान्य हुदै गइरहेको छ, नाम चलेका डाक्टरहरु पनि आयुर्वेदिक औषधीको महत्व स्वीकार गर्न थालेका छन्। आदिमकाल देखि पुर्वीय जगतमा स्थापित भएको यो मान्यता र विश्वास अब आएर पाश्चात्य जगतमा पनि लोकप्रिय भएर फैलिइ रहेको छ।
अपमार्ग लेकदेखि ब्यांसीसम्म, सुक्खा ढुङग्यान(गेग्र्त‍यान ठाँउ होस वा खोल्सा खोल्सी भएको सेपिलो ठाँउ सबैतिर बर्षा ऋतुमा उम्रिएर शरद ऋतुमा फुल्ने र हिउदमा फल छिप्पिने एक बर्षे बनस्पति हो। गाई –भैंसी, भेडा(बाख्राले यसको घाँस मनपराएर खान्छन्। रुखो र मलिलो ठाँउ अनुसार यसको बोट सर्बत्र उम्रने तर रुखो ठाँउमा कुपोषणले बढ्न नसकेको त स्पष्टै देख्न सकिन्छ। यसको फल छिप्पिएको बेला फलको बाहिरी बोक्रा तिखो हुनाले घोच्ने र लुगामा टाँसिने हुनाले गाँउ(बस्तीमा यसलाई “उल्टे कुरो” भनेर पनि चिनिन्छ। सामान्यतया यसको बोट एक बर्षमा २ देखि ४ फिट सम्म अग्लो हुन्छ। यो बनस्पति हालसम्म २ प्रकारको चिनिएको छ( सेतो र रातो। सेतो अपमार्गको डाँठ र पातहरुमा सेता(फुस्रा थोप्ला हुन्छन र रातो मा रातै रंगका थोप्लाहरु हुन्छन। फूलको मंजरीको लम्बाइ सप्रिएको ठाँउमा १२ इञ्चसम्म हुन्छ जसमा तलबाट क्रमिक रुपमा फुल्दै माथितिर पुगेर टुङगिन्छ । दुवै प्रकारका अपमार्गमा भेदभाव नभए पनि सेतो लाइ श्रेष्ठ मानिएको छ। फल चामल जस्ता तर अलिक मसिना मिलेका हुन्छन्।
परिचयात्मक नामहरु
नेपाली भाषामा यो अपमार्ग वा उल्टे कुरो भनेर चिनिएको छ। संकृतमा अपामार्ग लेखिएको छ। अंग्रेजीमा प्रिक्ली चाफ फ्लावर ९एचष्अपथि अजबाि ायिधभच० भन्दछन र ल्याटिन भाषामा एचिरेन्थस एस्पेरा ९ब्अजथचबलतजभक बकउभचब० भनिएको छ। हिन्दी भाषामा चिरचिटा भन्दा रहेछन्।

औषधीय प्रयोजन

दाँत दुखेकोमा

यस पंक्तिकारको अनुभवमा गाँउबस्तीमा बुढापाकाहरु अझ पनि अपमार्गको दतिवन लगाउँछन्। ग्रामीण महिलाहरु पञ्चमीको ब्रत लिंदा भेला भएर तीर्थस्थल वा नजिकैका खोला पोखरीहरुमा जाँदा पवित्र स्नानको लागि तुलसीको मठको माटो, गोबर लिएर अपमार्गको दतिवन लाउदै गएको देखेको हुँ र पञ्चमीको पुजा लगाउँदा पुजा सामाग्रीको रुपमा अपमार्ग पनि पुजित देवतालाई चढाइन्छ। अब त त्यस्तो पवित्र स्नान बाथरुममा नै हुन थाल्यो होला। दाँतको सुरक्षाको लागि अपमार्गको दतिवन परम्परा देखिको नै सुपरिचित उपाय हो। यस बाहेक कोपिलाहरु सहित फूल पिंधेर मंजनको रुपमा प्रयोग गर्दा दाँत बलिया हुन्छन्। दाँत दुखेकोमा पातहरु निचोरेर त्यो रस लगाएमा आराम हुन्छ।
औले ज्वरोमा
अपमार्गका पातहरु र मरीच तौलमा बराबरी पारेर पिस्ने र अलिकति सक्खर मिसाएर मटरका जत्रा दाना बनाउने। मलेरियाको महामारी फैलिने समयमा त्यसता दाना बिहान बेलुका एक एकवटा खाने। ३र४ दिन सम्म को प्रयोग पछि त्यस बर्षको महामारीबाट बच्न सकिन्छ।
लुतो लागेमा
अपमार्गका पाँचै अंग( जरा, काण्ड, पात, फूल र फल बराबरको मात्रामा लिने र पानीमा उमालेर त्यो पानीले नुहाउने। नियमित रुपले प्रयोग गरेमा लुतो जाती हुन्छ।
बिष विरुध्द उपचार
सर्प, बिच्छि, माकुरा, अरिंगाल आदिले टोकेको बिष लाग्छ। यस्ता बिषालु कीरा वा जन्तुको बिष झार्न अपमार्गले राम्रो काम गर्छ। अपमार्ग का पातहरु माडेर निचोरेर निकालेको रस टोकेको ठाँउमा पोति दिने र २ चम्चा जति पिलाइ दिने। बिषको असर तुरुन्तै घट्तै जान्छ र दुख्ने पोल्ने बिषको डाह पनि समन हुँदै जान्छ। तुरुन्तै अपमार्गको उपचार भयो भने सुन्निन समेत नियन्त्रण गर्छ र सुन्निइ सकेको छ भने पनि तत्काल देखि नै घट्तै जान्छ।
प्रसूति गराउन
प्रसव पीडा लामो हुँदै गयो र समस्या चर्किदै गयो भने अपमार्गको जरा कालो कपडामा लपेटेर बिमारीको कम्मरमा बाँधी दिने। स्मरणीय छ अपमार्गको जरा बिमारी हुनु अगावै आइतबार वा पुष्य नक्षत्रको समयमा उखेलेर राखेको हुन पर्छ। गाउँ बस्तीमा यो पध्दतिको उपचार चलन चल्तिमा नै छ। नानी जन्मिना साथ त्यो बाँधेको चीज हटाइ हाल्नु पर्छ नत्र अवाञ्छित घटना पनि हुन सक्छ भन्ने विश्वास छ।
स्वप्नदोष
अपमार्गका जरा राम्रोसित धोएर कुटेर(पिसेर मसिनु बनाउने र बराबरी तौलमा मिस्री मिसाउने। एक चम्चाका दरले दिनमा ३ पटक सम्म हप्तारदश दिन सम्म खाएमा समस्याको निराकरण हुन्छ।
शीघ्रपतन
अपमार्गको जरा उखेलेर राम्रोसित धोइ पखालि पाउडर ९चुर्ण० बनाउने। त्यसको २ चम्चा र मह एक चम्चा गरेर उमालेर ठण्डा पारिएको दुधसित २ हप्तासम्म खाने, वाँञ्छित उपलब्धी प्राप्त हुनेछ।
सन्तान प्राप्त गर्नका लागि
मासिक धर्म समाप्त भएको दिनदेखि अपमार्गका जराको धूलो दुधसित २१ दिन सम्म खाने र अपमार्गका ताजा पातहरु निचोरेर २ चम्चा जति रस दुधसित खाँदा पनि गर्भधारणको संभावना बढ्छ।
वजन घटाउन
कसैलाइ अवाञ्छित वजन बढेर ९मोटाएर० समस्या भैरहेको हुन्छ , त्यसबाट विभिन्न समस्या उत्पन्न हुन्छन्। मोटोपन घटाउनका लागि अपमार्गको बीज जम्मा गरेर भात जस्तै वा खीर पकाएर खाने गरेमा यसले बोसो काट्छरघटाउँछ, यसलाइ नियमितता दिएमा बोसो घटेर शरीर छरितो हुन्छ
हृष्टपुष्ट हुनका लागि
अत्यधिक दुब्लो पातलो व्यक्तिलाइ मोटाउनु छ भने अपमार्गको बीज भुटेर त्यसको तौलमा बराबरी मस्री मिसाएर पिध्ने। बिहान बेलुका एक कप दुध सित २ चम्चाको दरले खाने गरेमा बोसो नभैकन हृष्टपुष्ट शरीर हुन्छ।
कपाल खुइलिएकोमा
अपमार्गका पातहरु डडाएर त्यसको खरानी तोरीको तेल वा सर्स्युँको तेल सित मिसाएर मल्हम बनाउने। नियमित रुपले त्यो मल्हम लगाउने गरेमा फेरि कपाल पल्हाउने पर्याप्त संभावना हुन्छ।
टाउको दुखेकोमा
अपमार्गको जरा पानीमा घोटेर चन्दन जस्तो निधारमा लगाउँदा गर्मीको कारणले टाउको दुखेको जाति हुन्छ ।
यस प्रकार अपमार्ग अपरिमित औषधीय गुणहरु भएको बनस्पति हो। तर यसका गुणहरु बुझेर यथोचित जगेडा गर्ने गरेको कतै पाइएको छैन। यसको खेति गर्न कुनै समस्या छैन। बन(जंगल र बारीका कांल्लामा स्वतस् उम्रिइरहेको हुन्छ। यसको सुरक्षा गरेर संकलन गर्दा आय आर्जनको राम्रो श्रोत समेत बन्न सक्छ।