वैदिक काल ईशापूर्व ३० हजार वर्ष प्राचीन अन्वेषकहरु मान्दछन् । वैदिक वाङ्मयभित्रका चार वेद, उपवेद, उपनिषद् र ज्योतिष शास्त्रमा मानव शरीर संरचनाका बारेमा वैज्ञानिक तथा तथ्यगत व्याख्याहरु पाइन्छन् । मानव शरीरलाई सूक्ष्म रूपले विश्लेषण गर्दा, कोषहरू र कोषबीचमा रहेको खाली ठाउ“ देख्न सकिन्छ । कोषिकाहरू विभिन्न आकार, प्रकार र कार्यक्षमताका हुन्छन् भने कोषहरूबीचको खाली ठाउ“मा विभिन्न प्रकारका जैविक तथा रासायनिक अणु, तरल र हावाले भरिएको हुन्छ । कोषहरूबीचको दुरी केही शारीरिक अंगहरू जस्तै मांसपेशीमा अत्यन्त न्यून हुन्छ भने तरल कोषहरूमा दूरी धेरै हुन्छ । अणुहरू अत्यन्तै सूक्ष्म कणबाट बनेका हुन्छन् । अणुभित्र पनि परमाणुहरुको अस्तित्व हुन्छ । ‘इलेक्ट्रोन, प्रोटोनको गतिशीलता र न्यूट्रन स्थिरताले अणुको अस्तित्व कायम रहेको हुन्छ । जैविक परमाणुहरू मिलेर डी.एन.ए. (बीजमूल) बन्दछ । जसमा प्रमुख चार तŒवहरू हुन्छन्– जल, तेज, वायु र पृथ्वी एडिनिन, गुआइनिन, थाईनिन र साइटोसिन प्रत्येक संरचनाभित्र रहेको हुन्छ । गतिशील, स्थिर र द्विस्वभाव स्वरूपको रूपमा शरीरभित्र क्रियाशील रहन्छ । डीएनएको (बीजमूल) संरचना वैदिक वाङमय र ज्योतिषशास्त्रमा पञ्चतŒवको तालमेलको रूपमा व्याख्या गरिएको छ । पञ्चतŒवले शरीरको निर्माण भएको हुन्छ । जसमा पृथ्वी, जल, तेज, वायु र आकाशको बीजमूलको रूपमा शरीरभित्र गतिशील रहन्छ ।
यत्पिण्डे तद्ब्रह्माण्डे… जो बाहिर छ त्यो भित्र छ र जो शरीरभित्र क्रियाशील छ त्यो बाहिर पनि छ । डीएनएको संरचनाभित्र पनि मानव शरीरको प्रारम्भिक एकाई, कोष निर्माण गर्ने सूचना रहेको हुन्छ । कोषहरू जैविक र रासायनिक परमाणुहरू मिलेर बनेका हुन्छन् । सही क्रमको संरचनाले कोषहरूलाई विशेष कार्य गर्न, व्यवस्था र वृद्धि हुन सक्षम बनाउ“दछ । डीएनएहरू (बीजमूल) कोषहरूको मध्यभागमा रहेका हुन्छन् । लामा–लामा डीएनए (बीजमूल) का टुक्राहरू एकअर्कास“ग जोडिएर क्रोमोजोम्स बनाउ“दछ । आधा भाग बाबुको शुक्रकीटबाट आएको हुन्छ र आधा भाग आमाको अण्डबाट आएका हुन्छन् । २३ वटा बुवाको जिन र आमाको २३ वटा जीन मिलेर शरीर निर्माण भएको हुन्छ ।
शुक्र ग्रहको प्रभाव र पृथ्वीतत्व (अण्ड)को प्रभावबाट गर्भाधारण हुन्छ । पहिलो महिनामा शुक्रको प्रभाव, दोस्रो महिनामा केतुको प्रभाव, तेस्रो महिनामा वृहस्पतिको प्रभावबाट आमाको गर्भमा छोरा या छोरी के जन्मिने हो त्यसको लिंग निर्धारण हुन्छ । चौथो मंगलको प्रभाव त्यसका मासंपेशी र रगतको गतिशीलता शरीरमा संचालन हुन थाल्छ । पाँचौं महिनामा बुधको प्रभावले बालकभित्र प्रज्ञा र चेतनाको परिपक्वता बढ्दै जान्छ । छैठौं महिनामा राहुको प्रभावले हड्डी, नसा र शरीरका भित्री अंगहरु पुष्टि हुँदै जान्छन् । सातौं महिनामा शनिको प्रभावबाट शरीरका बाहिरी अंगहरु निर्माण प्रक्रियाले पूर्णता प्राप्त गर्न थाल्दछन् । आठौं महिना चन्द्रमाको प्रभावबाट मेधा, शुक्र धातुहरु पुष्टि हुँदै जान्छन् । नवौं महिनामा सूर्यको पूर्ण प्रभावबाट फोक्सो, श्वासप्रश्वासको गति परिपक्व हुन्छ । एक–एक महिनामा एउटा ग्रहले आमाको गर्भभित्र रहेको शिशुको अंगहरु निर्माण हुँदै जान्छन् र मानिस धर्तीमा नौ महिनामा जन्मिन्छ । कहिलेकाहीँ ७ महिनामा पनि शिशु जन्मिन्छ । गर्भाधारणको समय शुक्र र केतुको संयुक्त प्रभावबाट कहिलेकाहीं सातौं महिनामा शिशु जन्मिन्छ । सातभन्दा कम महिनामा जन्मन शिशु बाँच्ने संभावना कम हुन्छ, किनकि सम्पूर्ण ग्रहहरुले शिशुका शरीरका प्रत्येक अंगहरु पुष्ट भएका हुँदैनन् ।

सबै क्रोमोजोम्सहरू कोषको मध्य गोलाकार भागमा रहेका हुन्छन् जसलाई न्युुक्लियस
भनिन्छ । विभिन्न अंगका कोषहरूको आकार पनि फरक हुन्छ । तर, प्रायःजसो कोषहरू गोलाकार वा षटकोणाकार हुन्छन् । कोषहरूको बाहिरी तहलाई सेलमेम्ब्रेन भनिन्छ । यही तहले कोषभित्र रहेका सबै पदार्थहरूलाई नियन्त्रण गर्दछ । कोषहरूको बाहिरी तहमा विभिन्न आकारका प्वालहरू हुन्छन् जसले कोषलाई चाहिने पदार्थहरू मात्र भित्र प्रवाह हुन दिन्छन् नचाहिने पदार्थहरूलाई नियन्त्रण गर्दछन् । यिनै प्वालहरूले कोषलाई चाहिने खाद्यपदार्थ र सन्देशहरूको प्रवाह अनि कोषभित्र रहेका डीएनएलाई सुसूचित गर्ने गर्दछन् । कोषभित्र पनि विभिन्न अग्र्यानिलहरू हुन्छन्, जसले विभिन्न कार्य र रासायनिक क्रिया गर्दछन् । मिलीकलहरू प्रत्येक कोषभित्र सूक्ष्म अवस्थामा रहेका हुुन्छन् ।
दुई आधार कोषहरू मिश्रण हुने प्रक्रियालाई निशेचन भनिन्छ । यस्तो प्रक्रियामा एक कोष अण्ड स्थिर हुन्छ भने अर्काे कोष शुक्रकीट गतिशील हुन्छ । शुक्रकीटको पुच्छर हुन्छ र अण्डतिर निरन्तर गतिशील रहन्छ । त्यसैले निशेचन प्रक्रिया पनि स्थिर र गतिशीलताको एक मिलनबिन्दु हो । गतिशील बिन्दु स्थिर बिन्दुमा मिल्ने प्रक्रिया पहिलो हो भने त्यसपछिका धेरै प्रक्रियाहरूबाट एक जीवित प्राणीको विकास हुन्छ । जब स्थिर र गतिशील कोषको मिलन हुन्छ, नयाँ कोष बन्दछ जसमा पूरा संख्याका क्रोमोजोम्सहरू हुन्छन् । त्यसपछि गुणको गतिशील प्रक्रिया सुरु हुन्छ ।
यही स्थिरता गतिशीलतामा परिणत हुने अवस्थालाई ऋग्वेदमा पनि उल्लेख गरिएको पाइन्छ । यसरी बनेका नयाँ कोषमा तीन पक्षहरू छन्ः १. कोष,

२. कोषका अवयवहरू

३. कोषको बाहिरी तह ।

यी तीनै तहहरू ऋषि, देवता र छन्दसँग मिल्दाजुल्दा छन् भने यिनीहरूको मिलनले एक नयाँ संरचनाको निर्माण गर्दछ । यसलाई संहिता भनिन्छ । सम्पूर्ण जीवन र प्रकृतिको संरचनागत समन्वय नै वेद हो । जो प्रकृतिको विज्ञान हो । वेदको ज्ञानबाट मात्रै चेतनाको उच्चतम विन्दु प्राप्त गर्ने शास्वत सनातन मार्ग प्राप्त हुन्छ ।
दुई आधा कोषहरूको मिलनबाट बनेको नयाँ कोषलाई भू्रण भनिन्छ । भू्रण एकबाट दुई, दुईबाट चार, चारबाट आठ कोषहरूमा विभाजन हुन्छ र नयाँ कोषहरूको निर्माण हुन्छ । वैदिक साहित्यमा तीन तह विभाजन प्रक्रियालाई महŒवपूर्ण रूपमा लिइएको छ । वेदले यी तीन तह विभाजन प्रक्रियालाई वामन अवतार भगवान्ले ब्रह्माण्डलाई छोप्ने तीन पाइलाको रूपमा वर्णन गरिएको छ भने वैदिक ऋषिहरूले सम्पूर्णताको तीन पाइला भनेका छन् ।
कोष विभाजनको प्रक्रियामा एक कोषबाट आठ कोष बन्दछन् । एकोऽहं बहु स्याम… यो विकासक्रम एकताबाट अनेकतामा विकास भएको पनि मान्न सकिन्छ । यी तीन तहका विभाजन पनि महŒवपूर्ण मानिएको छ । जीव विकासको क्रममा निशेचन (गर्भधारण) भएको तीन दिनमा यी तीन तहहरू विभाजन हुने गर्दछन् । सबै नयाँ विकसित कोषहरूका तीन पक्षहरू हुन्छन् र प्रत्येक नयाँ आठ कोषहरूका तीन पक्षलाई गुणन गर्दा आउने चौबीस गुणनफल ऋग्वेदको पहिलो अंश ऋचाको चौबीस क्रमसँग मिल्न जान्छ । एक कोष आठ कोषमा विभाजन भएपछि भू्रणका सबै कोषहरू एकै प्रकारले वृद्धि हुँदैनन् । यसरी नै भ्रूणको कोषविभाजन हुँदा आठ कोषहरू सोह्र हुन्छन्, सोह्रबाट बत्तीस र बत्तीसबाट चौसठ्ठी कोषहरू हुन्छन् । यी चौसठ्ठी कोषहरूलाई तीन पक्षले गुणन गर्दा एक सय बयानब्बे हुन जान्छ, ऋग्वेदका सूक्तहरू एक सय बयानब्बे हुन जान्छन् ।
यसरी निशेचन भएको ६ दिनमा भ्रूण गर्भाशयसँग टाँसिन पुग्छ । निशेचनको ३ दिनमा निशेचित अण्ड गर्भाशय नलीमा पुग्दछ, अर्काे ३ दिनमा गर्भाशयसँग टाँसिन्छ । यी कोष विकासक्रमका महŒवपूर्ण प्रक्रियाहरू हुन् । यी तहहरूमा कोषविभाजनको प्रक्रिया एकताबाट अनेकतामा विकासका साथै भ्रूणको रूपमा विकास हुन थाल्दछ । यसरी कोषहरू विभाजन र विकास हुँदै जाँदा विशिष्टिकरण र विभेदीकरण विकास हुन जान्छ । विशिष्टिकरण पनि कोषको तीनै तहहरूमा हुन्छन् । कोषको बाहिरी तहले विभिन्न कार्यहरूको विकास गर्छ भने नयाँ संरचना तयार भई कोषहरूको आकारमा भिन्नता आउँछ । कोषभित्र रहेका कोषिकाहरू पनि भिन्न कार्य गर्न सक्षम हुन्छन् । कोषभित्र रहेको बीजले भिन्न ढंगबाट कार्य गर्न सुरु गर्दछ र विशेष प्रकारका तŒवहरू– प्रोटिन र इन्जाइम्स बनाउँदछ । यिनै प्रोटिन र इन्जाइम्सहरूले कोषहरूको कार्यमा भिन्नता ल्याउँदछन् ।
वैदिक साहित्यमा कोषहरूबीचको दूरी, कोषको परिवर्तन, विशिष्टिकरण र भिन्नताका कारण हुन् भन्ने उल्लेख रहेको छ । त्यसैले कोषहरूबीचको दूरी नै कोष परिवर्तनको कारण हो । यसरी नै भिन्नता विकास हुँदै जाँदा अंग र अंगप्रणालीहरूको विकास हुन्छ ।
यहाँ विश्लेषण गरिएको विकासको गतिशीलताले प्राकृतिक नियममा कसरी विशिष्ट तहहरू हुँदै विशाल विषय वा वस्तुहरूमा व्यक्त हुन्छन् भन्ने देखाएको छ । प्राकृतिक नियमअनुसार नै विविधता र गुणनको प्रक्रिया पूरा हुन्छ भने एकताबाट अनेकतामा प्रकट हुन्छ । यिनै प्राकृतिक नियमहरू नै ऋग्वेदका मन्त्र संहितामा व्यक्त भएका भावहरू हुन् । जीवविकासको विशिष्ट प्रक्रियालाई ऋग्वेदका मन्त्रद्वारा व्यक्त रूपले बुझ्न सकिन्छ । मन्त्रहरुमा व्याख्या भएका साश्वत् नियमहरु प्रकृतिका कार्य र संरचनामा पाइन्छ । कसरी अव्यक्त प्राकृतिक नियम एक शारीरिक संरचनामा व्यक्त हुन्छ भन्ने यो शास्वत र सनातन सत्य हो ।
अन्त्यमा,
वैदिक ज्ञान विज्ञानको अनुसन्धानलाई निरन्तरता दिन सनातन ज्ञान–विज्ञान केन्द्र निरन्तर लागिरहनु पर्नेछ । मानव जीवन, प्रकृति, खगोल, भूगोलका ज्ञान–विज्ञान, दर्शनका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न एक्काइसौं शताब्दिको माग हो । वैदिक वाङ्मयभित्र रहेका सम्पूर्ण ज्ञानहरूलाई विश्व सामु पु¥याउने हो भने संसारभरिको अशान्ति, उपद्रो, अनाचार, दूराचार, हिंसा, सामाजिक, पारिवारिक, सामुदायिक विकृतिहरूलाई निष्तेज गरी शान्ति र सुव्यवस्था प्राप्त गर्न सकिन्छ । ओम शान्ति, शान्ति, शान्ति । भवतु सर्व मंगलम् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here