सौर्यमास अनुसार ६ वटा ऋतुहरु हुन्छन् । ती ऋतुहरूमध्ये वसन्त उत्कृष्ट ऋतु मानिन्छ । वसन्त ऋतुमा नै धेरै पर्वहरू पर्दछन् । जुन ऋतुमा पालुवाहरू निक्लन्छन्, फूल फुल्दछन् उत्साह उमङ्गको विस्तार हुन्छ । आमोद प्रमोद, रंगीविरंगी फूल–पालुवाहरु फुल्दछन् । नवप्रणय दम्पत्तिको आमोद–प्रमोद, उत्साह उमंग, प्रकृति र पुरुषको समागम, र प्राकृतिक सम्मानका लागि रंग प्रयोग गरेर मनाउने वैदिक पर्व ‘वसन्तोत्सव’ पर्व हो । वसन्ती यत्र उत्सव वसन्तोत्सवः – धर्मशास्त्र ।
अव चर्चा गरौं, उत्सवको । नक्षत्र, काल, गणना, श्रुतिपरम्पराअनुसार ऋग्वेदको काल महर्षि दयानन्द सरस्वतिले ईशापूर्व एक लाख वर्ष पुरानो मानेका छन् । राजा पृथुले पृथ्वीमा कृषिविद्याको विकास गरे । देवगण (पुरुषार्थी विद्वान्)हरूका साथमा (देवास आयन परशुं विभ्रन्… ऋग्वेद– १०।२८।०८) उत्कृष्ट परशु (बन्चरो)द्वारा भूमिमा रहेका रुखबिरुवा, ढुंगा आदिलाई हटाएर खेतीको आरम्भ गरे । वागमती (सरस्वती) नदीको किनारमा खनजोत गरेर ‘कृषिबिधा’कोे आरम्भ गरे । कृषिविधा नै हिमवत् क्षेत्र नेपालको सर्वप्राचीन परम्परा मानिएको छ ।
वैदिक वाङ्मय अनुसार, पृथ्वीमा उत्कृष्ट अन्नको रूपमा सर्वप्रथम यव (जौ) को बिजलाई देवगणहरूले छरे र यही क्षेत्रमा अन्नहरुमा पवित्र, सर्वगुण सम्पन्न जौको धर्तीमा पहिलो खेती गरियो । वैदिक परम्परामा कृषिलाई गौरवपूर्ण कार्य मानिएको छ । देवराज इन्द्र, पूषा, राजा जनक आदिले पनि कृषिकार्य गरेको प्रसंग वैदिक वाङ्मयमा पाइन्छ, राष्ट्र समृद्धिका लागि पनि कृषिकार्य गर्नुपर्छ । भूमि उर्वरा र खेतीयोग्य बनाउने, छर्ने, रोप्ने, गोड्ने, उठाउने कृषिका आधारभूत कार्य हुन् । यवं ग्रीष्माय, ब्रीहिन् शरदे –तैत्तिरीय । जौ ग्रीष्ममा, धान शरदमा काट्नू भन्ने उल्लेख भएकै छ । बीजलाई भूमिले धारण गरून्, अन्न सम्पूर्ण रूपमा सबैको पुष्टिका लागि होस्, यज्ञमा अन्नको प्रयोग प्रशस्त गर्न पाइयोस् । व्रीहयश्चमे यवाश्चमे माषाश्चमे तिलाश्चमे …यजुर्वेद ।
वेदमा उल्लेख भएका सबै अन्न पाइने हिमवत् क्षेत्र हो नेपाल । हिमवत् क्षेत्रका ऋषि, महर्षि एवं ब्राह्मणहरूले लिपीबद्ध गरेको वेदमा वर्णन भएको जौ, माष, तिल, मू“ग, चना, कागुनो, रायो, सामा, निवार गहु“, आदि अन्न बीज छर्ने–लगाउने समय भनेकै वसन्त ऋतु हो ।
वेदमा वर्णन भएका इन्द्रको आयुध वज्र हो । इन्द्रका भाइ ४९ मरुत्हरू हुन् । उनीहरूको आयुध पनि बज्र नै हो । वेदभन्दा हजारौं–हजार वर्षपहिले हिमाली क्षेत्रहरूमा खस संस्कृतिअनुसार कूलको रूपमा मानिने–पुजिने मष्ट देवतालाई नै वैदिक वाङ्मयका मरुत् हुन् । मरुत् (वायु) को प्रभाव वसन्त ऋतुमा नै धेरै हुन्छ । रुखबिरुवामा नया“ पालुवाहरू आएपछि मरुत् (वायु) प्रशस्त रुपमा बहन्छ । हुरी–वतासको समय पनि वसन्त ऋतु नै हो । बज्रधारण गर्ने वायुले सबैको कल्याण गरुन् । कोइलीको कुहु–कुहु ध्वनि पनि वसन्तऋतुमै सुन्न पाइन्छ । सखुवा (साल) फुल्ने समय पनि वसन्त ऋतु नै हो । वनभरि सालको परागकणले जङ्गल रङ्गिन र उत्सवमय बन्दछ । फागुन शुक्ल अष्टमीको दिन चीर (लिङ्गो) ठड्याउने र फागुन शुक्ल पूर्णिमाका दिन लिङ्ग ढाली होलिका दहन गर्ने, असत्यमाथि सत्यको विजयको रूपमा मनाउने पर्व नै फागु पूर्णिमा हो । पौराणिक मान्यता अनुसार असुर राजा हिरण्यकस्यपुकी वहिनी, ईश्वरभक्त प्रल्हादकी फुपुले प्रल्हादलाई मार्ने प्रयत्नस्वरुप वालक प्रल्हादलाई लिएर, अग्निमा हामफालेको अवस्थामा तिनको सम्पूर्ण शरीर जलेर भष्म भयो तर भक्त प्रल्हाद जीवित रहेको प्रसंग रहेको छ । भक्त प्रल्हादलाई अग्निले जलाउन नसकेको सन्दर्भलाई ‘होलिका दहन’ असत्यमाथि सत्यको विजयको रुपमा मनाउने पर्व पनि होली पर्व हो ।
प्राणो वै वनस्पति… एतरेय । वनस्पति समिता… यजुर्वेद । मानवको प्राणिक ऊर्जा (अक्सिजन) वनस्पतिको वानस्पतिक ऊर्जा (कार्वन्डाइ अक्साइड) एक–अर्काका पूरक हुन् । वनस्पति बिना जीवन र जीवनबिना वनस्पति सम्भव छैन । लिङ्ग ठड्याई प्रकृतिस“ग समागमको क्रमबाट हुन्छ सृष्टि । फाल्गुन शुक्ल अष्टमीका दिन चीर (लिङ्गो) ठड्याउने । लिंगो गाडेपछि आरम्भ हुन्छ वसन्तोत्सव । सात रंगको मूल स्रोत भनेको वनस्पति लता गुल्म, जमिनबाट निक्लिने, खनिजहरू । सूर्यका सप्तरश्मी (भोइलेट, इण्डिगो, ब्ल्यू, ग्रीन, येल्लो, ओरेन्ज, रेड,) को प्रभाव रंगमा रहेको हुन्छ ।
ऋष्टमीदेखि पूर्णिमासम्म होल्यष्टक मनाइन्छ । सातरंगे ध्वजा पताका फहराइन्छ । चतुर्दशीको रात्री पूर्णिमाको सन्धिमा चीरदहन गरिन्छ । या ओषधी पूर्वाजाता देवेभ्यस्त्रियूगं पुरा… ऋग्वेद । पृथ्वीमा मानवको सृष्टिभन्दा तीन युग पहिले वनस्पति, लता, वृक्षको सृष्टि भएको वर्णन पाइन्छ । आम्रफलम् – आ“प, समी, पाखरी, फलको सन्दर्भमा सर्वाधिक धेरै चर्चा भएको फल । आ“पको शाखा हवनको समिधामा, पात पञ्चपल्लवमा, फल पूजामा प्रयोग गरिन्छ । ‘चूतपुष्प प्राशनम्’ भनेर फागुपूर्णिमा (वसन्तोत्वस)को भोलिपल्ट आ“पको मुजुरा खाने विधान रहेको छ । जुन बगैंचामा पञ्चपल्लव रोपिदैन त्यो पूर्ण बगैंचा मानिदैन । आ“प, चा“प, शमी, डुम्रीको पालुवा आउने समय पनि वसन्त नै हो । वेदमा फूलेर फल्ने, नफुली फल्ने विविध फलको चर्चा भएकै छ । नेपालको सवैभन्दा प्राचीन वसन्तोत्सव पुष्प महोत्सव पनि हो ।
औषधीरिति मातरः… ऋग्वेद र औषधी वनस्पति वृक्षहरू हाम्री माता हुन् । आमाले जसरी पालन–पोषण गर्छिन् त्यस्तै वसन्तमा उत्पन्न भएका पालुवाहरूले हामी सबैको कल्याण गरुन् । पालुवा (पञ्चपल्लव)बाट हाम्रो कल्याण होस् । वृक्ष वनस्पतिहरू सर्वाधिक फुलुन्, फलुन्, पल्लवित र पुष्पित होउन् । मन्दगतिले वायु चलोस् । शीतलता प्रदान गर्दै आयु वृद्धि होस् । शक्ति प्रदान गर्ने अद्भूत क्षमता नवीन पालुवाहरूमा रहेको वर्णन पाइन्छ ।
मधुमन्मूलम्… अथर्ववेद । मधुमास (वसन्त)मा फुल्ने फलको मूल मधूरताले युक्त होस् । मदनोत्सवको प्रसङ्ग फागु पुर्णिमालाई मदनोत्सव पनि भनिन्छ । पुष्पवतीः प्रसूमतीः फलिनीरफलाः… अथर्ववेद । वृक्षहरू प्रसस्त पूmलुन्, फलून् सधैं हरियो पालुवाले युक्त भएर रहून् । वनमा रहने कोइली आदि पंक्षीहरूले सुन्दर ध्वनि निकालून् । मयूरहरू नाचून् । मृगहरूले गर्भाधारण गरुन्, वनस्पति पालुवाहरू खाएर पशुपंक्षी पुष्ट होउन् । वृक्षको पञ्चाङ्ग (मूल (जरा), स्कन्द, शाखा, पात, फूल, फल) हरूले जीवको स्वास्थ्यका लागि प्राणदायिनी शक्ति प्रदान गरुन् । औषधी, वृक्ष, वनस्पति, लता, गुल्म सबैका लागि उपयोगी भएर हाम्रो कल्याण गरुन् ।
इन्द्रेणी (इन्द्रधनुष) निस्कँदा पानी, हावा, सूर्यको किरण, पृथ्वीबाट उत्पन्न हुने सुगन्धको सम्मिलित भावबाट उत्पन्न हुने प्रसङ्ग वेदमा प्राप्त गर्न सकिन्छ । इन्द्रेणीको रंगको प्रभाव पृथ्वीमा पर्दछ । सात रंगहरू प्रदान गर्ने वृक्ष–वनस्पतिहरूको परागकण(रंग)को उत्सव ‘वसन्तोत्सव’ । वृक्ष वनस्पतिहरूलाई डढाएर उत्पन्न हुने सेतो भष्म महाशिवरात्रीका दिन भगवान् त्रिशूलधारी शिवलाई चढाएर धारण गर्ने । सेतो रंग, तीन पत्रले युक्त भएको वेलपत्र, फल, धतुरो, मजिठो, हर्राे, बर्रो आदिबाट प्राप्त हुने सप्तरंगको प्रयोग गरिने दिन । सप्तरंगमा (वभ्रु, शुक्र, रोहिणी, पृश्नि, असिक्नी, पीत, कृष्णा) खैरो, सेतो, रातो, पहे“लो, हरियो, बैजनी, नीलो फागु पूर्णिमामा प्रयोग गर्ने रङ्ग । प्रेम र प्रीतिको साटासाट गर्ने दिन, सम्पूर्ण पुराना द्वेष–रागलाई मेटाउन, आत्मीय भावको विकास गर्न मनाइने उत्सव वसन्तोत्सव, मदनोत्सव तथा पुष्पोत्सव ।
वसन्त ऋतुमा पर्ने ‘वसन्तनवरात्र’ नौ दिनसम्म शक्तिको उपासना गरेर मनाउने पर्व । ऋतुहरुमा महत्वपूर्ण ऋतु वसन्त ।सनातन हिन्दू वैदिक परम्पराअन्तर्गत हजारौं–हजारवर्षदेखि शक्तिसंगमको स्रोत हिमवत् क्षेत्रको आफ्नै मौलिक रंगैरंगको पर्व । उत्तराफाल्गुनी नक्षत्रमा पूर्णिमा पर्ने भएकाले महिनाको नाम ‘फागुन’ । सप्तरंगी उत्सव फागुपूर्णिमा । चित्रा नक्षत्रले युक्त भएको पूर्णिमा चैत्र, विशाखामा वैशाख, ज्येष्ठामा ज्येष्ठ, उत्तराषाढामा आषाढ, श्रवणमा श्रावण, उत्तराभाद्रपदामा भाद्र, अश्विनीमा आश्विन, कृत्तिकामा कार्तिक, मृगशिरामा मंसिर पुष्यमा पौष, मघामा माघ महिनाको नाम आएकै छ ।
‘वासोवय’ ऋग्वेदमा रंगीचंगी वस्त्र बनाउने कलाको चर्चा भएकै छ । वस्त्र तीन प्रकारका हुन्छन् । सूती, रेशमी र ऊनी । सूती वस्त्रका लागि ‘वासस’ –अर्थर्ववेद । रेशमी वस्त्रका लागि ‘वसन्स्ताप्र्यम्, क्षौम, ऊर्णायु वस्त्रको विधान भएकै छ । उत्कृष्ट तन्त्रबाट तानको निर्माण तन्तु, ताना, ओतु, वाना, तसर, सटल, मयुख, प्रवय आदि शब्दहरुको विस्तार प्रयोग भएकै छन् । उत्कृष्ट वस्त्र कुशको तन्तुबाट बन्दछ । श्रम, सीप र शिल्पको विधान भएकै हो । वसन्तोत्सवमा चाहिने सुन्दर सप्तरंगी वस्त्रधारण गर्ने परम्परा छ । हरीतकी, बज्रवृक्ष (पाटेसिउ“डी), दूवो, इन्द्रजौ, हर्राे, मजिठो आदि रंगबाट रंग्याउने विधान पाइन्छ । वस्त्र रंग्याउने उत्कृष्ट मौसम सूर्यको ताप समान रूपले पर्ने ऋतु भएकोले वसन्त ऋतु नै हो ।
नवविवाहिता जोडीले सुन्दर सन्तानको कामना गर्दै पूर्णिमाको राति पूर्ण चन्द्रमाको दर्शन गरी, मह चाटेर सहवास गर्ने परम्परा पनि रहेको छ । आधुनिक समयमा प्रचलित ‘हनिमुन’को आधार ‘हनि–मुन’ अर्थात् मह तथा चन्द्र दर्शनले जनाउँदछ ।
अन्त्यमा,
यसरी, पृथ्वीको सबैभन्दा अग्लो भाग हिमवत् क्षेत्र नेपालको सबैभन्दा पुरानो तथा अत्यन्त गौरवशाली मौलिक सनातन परम्पराअनुसारको पर्व ‘वसन्तोत्सव’ पर्व मौलिक तथा सर्वप्राचीन पर्व हो । नेपाल र नेपालीको सप्त‘रङ्ग’ र सप्तरंगी पुष्पकोे पर्व पनि हो– फागुपूर्णिमा, होलिका दहन गरी असत्यमाथि सत्यको विजयको रुपमा मनाउने पर्व पनि होली । तराई, पहाड, हिमाल सवैतिर मनाउने र सामाजिक सद्भाव बढाउने पर्व पनि वसन्तोत्सव पर्व हो । आफ्ना मौलिक पर्वहरूको संरक्षणमा जुटौं । सवैको कल्याण होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here