नेपालको सन्दर्भ

कुटनीति वोधगम्य हो र असहज पनि । गहिरो, अर्थ र रहस्यपूर्ण ज्ञान कुटनीति हो । जसबाट नीतिगत कार्यहरूलाई सम्पादन गर्न सहज हुन्छ । सहज र असहज परिवेशको वीचमा कुटनीतिज्ञको भूमिकाले राष्ट्र–राष्ट्रहरूबीच हुने असहज परिस्थितिलाई पनि सहज बनाउँदछ । परिस्थितिको प्रतिकूलताका बीच पनि सहजताको वोधले कुटनीतिक प्रयासहरू सार्थक बन्दछन् । आपसी वैमनश्यतालाई पनि मैत्रीमा परिणत गर्ने सामथ्र्य कुटनीतिज्ञमा हुनुपर्दछ । दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको हितलाई सर्वोपरि ठान्ने कुटनीतिज्ञहरूको आवश्यकता नेपाली जनताले अनुभूति गरिरहेका छन् ।

सामाजिक मान्यता, सम्बन्धित देशको धर्म, संस्कृति परम्परामाथि नाङ्गो हस्तक्षेप गर्नेहरू नेपालमा कुटनीतिज्ञ भएर आएका र उनीहरूका क्रियाकलापले पछिल्लो समय नेपाललाई असहज बाटोतिर लाने काम गरिरहेका छन् । देशको सार्वभौमिकता, स्वतन्त्रता सामाजिक मान्यतालाई अस्वीकार गर्नेहरूको गतिविधिले नेपाली समाजलाई आपसमा लडाउने, द्वन्द्व उत्पन्न गराउने प्रवृत्तिहरू निर्मूल हुनु आवश्यक छ । दुवै राष्ट्रको हितमा कार्य गर्नुपर्ने, कुटनीतिक आचरणमा रहनुपर्नेमा, हाम्रा मौलिक मान्यताहरूलाई स्वीकार गर्दै सद्भाव कायम गर्नुपर्ने कुटनीतिज्ञको कर्तव्य हो । तर नेपाली समाजका स्वनामधन्य तथाकथित बुद्धिजीवी, स्वार्थी कर्मचारीतन्त्र, संघ–संस्थाका ठूला–ठालूका गतिविधि राष्ट्रहितमा भन्दा पनि अरुका हितमा लागेको दृष्टिगोचर हुन्छ । उनीहरूको अर्थआसक्तिले राष्ट्रको गरिमालाई कमजोर बनाउँदै लगेको छ ।

अन्त्यमा,

हाम्रो सामुहिक प्रयासले देशको गौरव, नेपाली माटोको धर्म, कला, साहित्य, संस्कृतिको र समग्रमा नेपाली मौलिकतालाई विश्वभरि फैलाउन साँस्कृतिक सद्भाव दूतको आवश्यकता देखिन्छ ।