नेपाली नाम ः गुर्जाे
संस्कृत नाम ः गुडुची, अमृतबल्ली, छिन्ना, मधुपरिणी, वत्सादिनी, कुण्डलिनी
हिन्दी नाम ः गिलोय
अंग्रेजी नाम ः त्ष्लयकउयचब
ल्याट्रिन नाम ः त्ष्लयकउयचब ऋयचमषयष्बि ९ध्ष्ििम० ःष्भचक

गुडुची कटुका तिक्ता स्वादुपाका रसायनी ।
संग्रहणी कषायोष्णा लध्वी वल्याग्निदीपनी ।।
अमृता सांग्राहिका वातहर–दीपनीय ।
श्लेष्मशोभित्बिम्बन्धप्रशमनानाम् ।। चरक.
पिवेत् वा षट्फल सर्विरभयां वा प्रथोजयेत् ।
त्रिफलायाः कषाय वा गुडूव्या रसमेव वा ।। चरक.

गुर्जाे
गुर्जाे कहिल्यै नसुक्ने एउटा अद्भूत औषधीय वनस्पति हो । यो समुद्रको सतहबाट लगभग १ हजार फीटभन्दा माथिको उचाइमा पाइन्छ । यसको लहरा मोटो र हरियो हुन्छ । यो डोरीजस्तो आकारको लामो हुन्छ । यसमा पहेंला र हरिया फूलहरु फुल्दछन् । अमृताको पात पानआकारको हुनुका साथै फल केराउका दानाजस्ता हुन्छन् । यो सदासर्वदा हरियो देखिन्छ । लहर सुकेर नष्ट हुँदैन । लहराको बाहिर बोक्राहरु फुस्रा हुन्छन् । यस वनस्पतमिा औषधीय विशेषता प्रशस्त रहेका हुन्छन् । विशेष गरेर यो पहाडी भेगमा पाइन्छ । यसको लहरालाई कलम गरेर कहीँ पनि रोप्यो भने तुरुन्तै उम्रिन्छ र विकसित हुन्छ । यसमा एउटा विशेषता छ– जुन वृक्ष (रुख)मा यो जेलिन्छ, त्यस वृक्षको केही गुण आफूभित्र समाहित गर्दछ । त्यसैले नीम, पारीजात, हर्राे बर्राे र अमला र रुद्राक्षको वृक्ष (रुख)मा जेलिएको गुर्जाे अत्यन्त उत्तम औषधीय गुण भएको मानिन्छ । लहराको आन्तरिक संरचना हरियो र गूदीयुक्त हुन्छ । यसको लहरामा चिप्लोपन रहन्छ । यसमा फल्ने फल फूलहरुको गुच्छामा लाग्ने गर्दछ । यसको फल पाक्यो भने रातो हुन्छ । बीउ सेतो, चिल्लो र केही बाङ्गो खुर्सानीको दानाजस्तो हुन्छ ।
गुर्जाे फल त्रिदोषनाशक । गुर्जाेले बात, पित्त र कफलाई निको पार्न सहयोग पु¥याँउदछ । क्यान्सर, हृदयरोग, एलर्जी, पोलेको, कपाल झर्ने समस्या आदि धेरै डरलाग्दा रोगहरुलाई पनि निको पार्ने औषधीय गुण यसमा रहेको हुन्छ । हृदय रोगको लागि अति शक्तिशाली औषधि मानिन्छ । रक्तविकार र पाण्डु रोग शान्त गर्न पनि यसले विशेष भूमिका खेल्छ । खोकी, दुर्बलता, मधुमेह, छालासम्बन्धी रोग र ज्वरो आएको समयमा पनि यसको प्रयोग गर्नु उचित हुन्छ । आधुनिक चिकित्साशास्त्रीहरुको विचारमा गुर्जाे सूक्ष्मतम विषाणुदेखि लिएर ठूलाठूला रोगहरुको निवारण गर्नका लागि उपयोगी सिद्ध भएको छ ।

रासायनिक संगठन
गुर्जाेको जरामा गिलोइन नामक तीतो ग्लुकोसाइड रहन्छ । यसमा १.२ प्रतिशत स्टार्च (चिनी) रहन्छ । तीतो पनि पनि यसमा राहन्छ । साथै ग्लुकोसाइड, एल्कोलाइड र गिलोइन रहन्छ । यसमा बर्बेरिन, क्षाराभभ प्राप्त हुन्छ । यसको अतिरिक्त तीतो ग्लुकोसाइड, ग्लोमिन, कैसमेथिन, पामारिन, रीनात्पेरिन, टिनास्पोरिक नामक जैवी सक्रिय पदार्थ सक्रिय रहन्छ । यसमा उड्डयनशील तेल, बोशो, अल्कोहल, ग्लिोस्टोराइल, एकभाग एशेन्सियल तेल, विभिन्न प्रकारको बत्सा प्राप्त हुन्छ ।

औषधीय प्रयोग
१. गुर्जाेको रसमा त्रिफला मिलाएर क्वाथ (सुप) बनाएर पीपलको धुलो अथवा मह मिसाएर बिहानबेलुका सेवन गर्नाले नेत्रज्योति बढ्दछ ।
२. गुर्जाेको ११.५ ग्राम रसमा मह, सिधेनून १–१ ग्राम मिलाई राम्रोसँग आगोमा खह¥याएर गाजल लगाउनाले तिमिर, पिल्ल, अर्श एवं नेत्ररोग नष्ट हुन्छन् ।
३. गुर्जाेको २०–३० ग्राम क्वाथमा दुई चम्चा मह मिलाएर दिनमा तीनचार पटक सेवन गर्नाले आँखा नदेख्ने समस्या निको हुन्छ ।
४. यसको लहराको सानासाना टुक्राको १०८ माला बनाएर लगाउनाले पनि नेत्रज्योति ठीक हुन्छ ।
५. हर्राे, गुर्जाे, धनिया तीनै वनस्पतिको २०–२० ग्रामलाई आधाकिलो पानीमा पकाएर चार भागको एक भाग झोल (सुप) मा सख्खर राखेर बिहानबेलुका सेवन गर्नाले सबैप्रकारका अर्श रोग नष्ट हुन्छन् ।
६. दूधसँग २–५ ग्राम चूर्ण मिश्रित गरी सेवन गर्नाले गाँठागुठी पर्ने र मूत्राम्लतासम्बन्धी रोग नष्ट हुन्छन् ।
७. १०–२० ग्राम गुर्जाेको रसमा ५० मिलिलिटर तेल मिलाएर प्रतिदिन बिहानबेलुका खाली पेट सेवन गर्नाले बात रोग निको हुन्छ ।
८. गुर्जाे र सुकेको अदुवाको चूर्ण (सोंठ) को नस दिनाले बाडुल्की बन्द हुन्छ । अथवा गुर्जाेको चूर्ण एवं सोंठको चूर्णको हिम बनाएर त्यसमा दूध मिलाएर सेवन गर्दा पनि बाडुल्की निको हुन्छ ।
९. गुर्जाेको ५–१० मिलिलिटर रस, ३–६ ग्राम चूर्ण, १०–२० ग्राम कल्क अथवा ४०–६० ग्राम रसलाई दिनदिनै केही समय सेवन गर्नाले रक्तवात निको हुन्छ ।
१०. गुर्जाेको रस, षट्फल, घ्यु, त्रिफलाको रस मिलाएर सेवन गर्नाले विषमज्वर र प्रमेह रोग निको हुन्छन् ।
११. गुर्जाेका १०–२० वटा पातलाई पिसेर एक गिलास पानी मिलाएर छानेर बिहान सेवन गर्नाले कानोपन ठीक हुन्छ ।
१२. गुर्जाेको १०–२० ग्राम रस दिनमा तीन चार पटक नियमित तीन चार महिनासम्म सेवन गर्नाले कुष्ठ रोग निको हुन्छ ।
१३. गुर्जाेको रसमा भैंसीको घ्यु ५–१० ग्राममा यसको चौगुना दूधमा मिलाएर सेवन गर्नाले शरीर पुष्ट हुन्छ ।
१४. १ ग्राम गुर्जाेसत्मा ३ ग्राम मह मिलाएर बिहानबेलुका सेवन गर्नाले सम्पूर्ण रोगहरुबाट बच्न सकिन्छ ।
१५. गुर्जाेको चूर्णमा १०–२० ग्राम बाबचीलाई पिसेर शरीरमा लगाउनाले शरीर तन्दुरुस्त हुन्छ ।
१६. गुर्जाेको रस १०–१५ ग्राममा ४–६ ग्राम मिश्री मिलाएर बिहान बेलुका पिउने गर्नाले वमन शान्त हुन्छ ।
१७. ६ दिनभन्दा पनि बढी ज्वरो आइरह्यो भने गुर्जाेको ४० ग्राम रसलाई माटोको भाँडोमा २५० ग्राम पानी मिलाएर रातभर ढाकेर राख्ने । त्यसलाई बिहान छानेर २० ग्रामका दरले दिनमा तीन पटक सेवन गर्नाले ज्वरो निको हुन्छ ।
१८. गुर्जाेको डाँठलाई पानीमा भिजाएर घोट्ने, त्वसलाई सफा पातलो वस्त्रले छान्ने र २–२ थोपा दिनमा दुई पटक कानमा राख्नाले कानमा रहेको मयल निस्केर जान्छ ।
१९. जौ र गहूँको जमराको रस र गुर्जाेको रस मिलाएर सेवन गर्दा÷गराउँदा ब्लड क्यान्सरल पनि ठीक हुन्छ ।

रक्तक्यान्सरको रोगीलाई गुर्जाेको दुई फीट लामो लहरा एक अंगुलजस्तो मोटो र १० ग्राम गहूँको हरियो जमरा मिलाएर पिस्ने । कपडाले छानी निचोर्ने । जमराको रस र गुर्जाेको रस मिलाएर प्रयोग गर्ने । एक कप रस खाली पेट खुवाउँदा रक्तक्यान्सर रोग ठीक हुन्छ । यो तथ्य स्वामी रामदेवको प्रयोगबाट सिद्ध भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here