—वासुदेवकृष्ण शास्त्री

विवाहको साइत किन ?

शुभ साइतमा शुभकार्य ग¥यो भने शुभफल एवम् सास्वत् शान्ति प्राप्त हुन्छ । जीवनमा सुख, शान्ति र समृद्धिका लागि कुनै पनि कार्य गर्दा साइत अनिवार्य रूपमा हेराउने परम्परा रहेको छ । आकाशमा घुम्ने सूर्य, चन्द्र, मंगल, बुध, वृहस्पति, शुक्र, शनिआदि ग्रह र २७ नक्षत्र, योग र करण र बारको शुभसंयोगले शुभसाइत निर्माण हुन्छ । त्यही शुभसाइतमा गरेका सम्पूर्ण कार्यहरू शुभ र फलदायक हुन्छन् ।
वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन यी ६ वटा महिनामा मात्र विवाहको विधान पूर्वीय ज्योतिष शास्त्रले गरेको छ । ६ वटा महिनाभित्र नै विवाह गर्ने शुभ मुहुर्तहरू किन राखिएको छ त भन्ने जिज्ञासा स्वाभाविकै हो । सूर्य मेष (१) राशिमा हुँदा पञ्चम (सन्तान भाव) भावमा सूर्यको प्रभाव, सुन्दर सन्तान र सप्तम (पत्नी) भाव शुक्रको प्रभाव, शुक्रग्रहको प्रभावमा पत्नीको सुख, (२) जेठ महिनामा सन्तानको भावमा बुध (६) र श्रीमतीको घरमा बृहस्पतिको प्रभाव, असारमा (३) मा सन्तानको भावमा शुक्रको प्रभाव, विवाहको भावमा बृहस्पतिको प्रभाव र सुन्दरता, मंसिर (८) मा सन्तानको भावमा बृहस्पतिको प्रभाव, माघ (१०) मा सन्तानको भावमा शुक्रको प्रभाव, विवाहको भावमा चन्द्रमाको प्रभाव, फाल्गुन (११) मा सन्तानको भावमा बुधको प्रभाव र विवाहको भावमा सूर्यको प्रभाव पर्दछ । सुन्दर सन्तान, सुयोग्य पति–पत्नीको सम्बन्ध, परिवारमा सुखशान्ति र समृद्धिका लागि विवाहमा शुभसाइतको विधान गरिएको छ । यसप्रकार विवाह र शुभसाइत एक–अर्काका पूरक हुन् । असल वैवाहिक जीवन, असल सन्तान, असल दाम्पत्य जीवनको कामना गर्दै परिवारमा सुख, शान्ति, आनन्द, सौभाग्य, पारिवारिक आत्मीयता, आर्थिक समृद्धि, शुभग्रहको प्रभावले मात्र प्राप्त गर्न सकिन्छ । सुन्दर सन्तान, समृद्ध गोत्रीय कुलधारा, सुखमय गृहस्थ जीवनको लागि पवित्र विवाहउत्सवको लागि शुभसाइतको व्यवस्था गरिएको हो । सूर्यले सुख, चन्द्रमाले उच्च पद्वी, मंगल ग्रहले शुभमंगल र पराक्रम, बुधले सद्बुद्धि, गुरुले गुरुत्वज्ञान, विद्या र शिक्षा, शुक्रले सुखआदि प्राप्तिका लागि विवाहमा शुभसाइत गरे परिवार मेलमिलाप, दाम्पत्य जीवनमा पूर्णता प्राप्त हुन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here