नेपालका धार्मिक स्थलहरु

जानकी मन्दिर
जनकपुरधामको राममन्दिरभन्दा उत्तरपूर्व धनुषसागरको पश्चिमोत्तर कोणमा जानकीमन्दिर अवस्थित छ । महाभारत युद्धपछि गुप्त रहेको पावनस्थल जनकपुर आई निमको रुखमा नै विश्राम गरे । त्यही राम र जानकीका मूर्ति प्रकट भए । आनन्दविभोर बनी रामजानकीको पूजा गर्न सुरु गरे । त्यो चर्चा मकवानपुरका सेन राजासमक्ष पुग्यो । वि.सं. १६८४ मा मानिक सेन जनकपुर आई १४०० विघा जमिन रामजानकीका नाममा विर्ता दिएको कुरा शिलालेख पढ्दा थाहापाउन सकिन्छ ।

पाथीभरा देवी
ताप्लेजुङ् जिल्लाको पाथीभरा डाँडामा अवस्थित अन्नपूर्णा माताको मन्दिर हो । मानापाथीमा झुसी अन्न भर्दा जस्तो आकृति बन्द त्यस्तै आकृतिको गोलाकार पहाडको टुप्पोमा यो मन्दिर छ । चारहजार मिटरको उचाइमा रहेको यो चुली धार्मिक र प्राकृतिक दुवै दृष्टिकोणबाट उपयोगी मान्न सकिन्छ । ताप्लेजुङ सदरमुकामबाट १६ किलोमिटर उत्तरमा पर्दछ ।

गढीमाई
बारा जिल्लाको वरियारपुर वडा नं. २ मा गढीमाइको मन्दिर छ । कलैया बजारबाट ५ किलोमिटर पूर्वमा १० बिघा क्षेत्रफलमा यो मन्दिर फैलिएको छ ।

बढीमालिका
बाजुरा जिल्लाको मात्र नभई पूरै सुदूर पश्चिमकै गहनाका रूपमा बढीमालिका माई परिचित छिन् । जनैपूर्णिमा ठूलो मेला लाग्दछ । पूर्णा गिरीबाट शीतल, स्वच्छ र सुन्दर ठाउँको खोजी गर्दै यहाँ आएर यी देवी बसेकी हुन् भन्ने जनविश्वास छ ।

उग्रतारा
डडेल्धुरा जिल्लाको मात्र नभई सुदूर पश्चिमकै पर्यटकीय गन्तव्य बन्नसक्ने रमणीय मन्दिर हो । सदरमुकामबाट ५ किलोमिटर पश्चिमोत्तरमा यो मन्दिर रहेको छ । नेपाली टिकटमालामा प्रकाशित यो मन्दिर प्यागोडा शैलीको छ ।

श्रीपशुपतिनाथ
शुक्लाभां परमेश्वरं परशिवं सुक्ष्माति सुक्ष्मं गुरुम् । सर्वालङ्कृत विग्रहं त्रिजगतां सारम्परां निर्मलम् ।। दशहस्त पङ्कजदलं सारांश त्रिनेत्रं शिवम् । देवेन्द्रैपरिपूजितं सुखमय सत्चित् परामान्दनम् ।।

क्रमशः… लेख्नेछौं ।