संस्कृतको प्रभाव नेपाली समाजमा

Pashupati

डा. वासुदेवकृष्ण शास्त्री

संस्कारले युक्त, कहिल्यै पनि संस्कारले सिद्ध गर्नु नपर्ने । (सं+कृ+क्तः) लक्षणोपेतम् । इति मेदिनी ।।

संस्कृतमा एउटा उक्ति छ— यन्न भारते तन्न भारते । यसको अर्थ हुन्छ– जुन महाभारतमा छैन, त्यो यो भारतवर्ष (विश्व) मै छैन । यसले महाभारत ग्रन्थको महत्वलाई प्रस्ट्याउँछ । त्यति मात्र नभई महाभारत ग्रन्थले समाजको आर्थिक, सामाजिक, ऐतिहासिक आदि सबै विषयवस्तुलाई समेटेको छ, जसको ज्ञान अपरिमेय छ । अर्थात् विशाल छ ।

संस्कृतको प्रभाव नेपाली भाषामा कसरी आयो ?
तत्सम शब्द
सप्रकृति, क्षमा, विद्वान, सुन्दर, घृणा, ईश्वर, कुलीन, चरित्रवान, आयुष्मान्, अन्नमय, श्रेष्ठतम, शारीरिक, व्रmोधित, सौन्दर्य आदि ।
तत्भव शब्द
दुग्घ दूध । हस्त हात । ओष्ठ ओठ । ग्राम गाउँ, खेलाडी, अंशियार, स्वादिलो, पूर्वेली, बचत, लेखा, पढाइ, सजावट, रुन आदि ।
उपसर्ग र प्रत्यय
उपसर्गाः व्रिmयायोगे । १।४।५९ सिद्धान्त कौमुदी ।
प्र, परा, अप सम्, अनु, अव, निस्, निर, दुस्, दुर, वि, आङ्, नि, अधि, अपि, अति, सु, उत्, अभि प्रति, परि उप एते प्रादयः ।
प्रगति, पराकाष्ठा, अपमान, अवशेष, सम्पूर्ण, अनुभव, वियोग, अधिकरण, उच्चारण, उन्मत्त, परिभाष, निराशा, निष्कर्ष, दुर्गति, दुस्स्वप्त, नियोजन, आचरण, सुविचार, वेकाम, कुचरो, प्रहार, प्रपञ्च, सजिलो असजिलो । स्वद इलो स्वादिलो । सानी दिदी सान्दिदी । बन्ध अनुबन्ध, पूज्य, स्मृति, पाठक, दर्शनीय, त्यागी, कर्तव्य आदि ।
सन्धि
अच्, हल् र विसर्ग सन्धि तीन प्रकारका छन ः उप ईन्द्र उपेन्द्र । शिव अच्र्यः शिवोऽच्र्यः । सदा एव सदैव । लघु ऊर्जा लघूर्जा । नारी ईश्वर नारीश्वर । महा ऋषि महर्षि । उत् देश्य उद्देश्य । सम् घर्ष सङ्घर्ष । दिक गज दिग्गज । हिम आलय हिमालय, मनस् रथः मनोरथः ।आदि ।

तुल्यास्य प्रयत्नं सवर्णम् ।। १।१।९ सिद्धान्त कौमुदी ।।
तालुआदिस्थानमा आभ्यान्तर, प्रयत्न र सवर्णलाई संज्ञाको नाम दिएको छ । अकुहविसर्जनीयानां कष्ठः । इचुयशानां तालु । ऋटुरषाणां मूर्धा । ञमङणनानां नासिका । एदैतोः कण्ठतालु । वकारस्य दन्तोष्ठम । जस्तै ः इचुयशानां तालु भन्नाले इ, चवर्ग(चछजझञ) य र श को उच्चारण हुँदा तालुस्थाबाट उच्चारण गरिन्छ भनी प्रष्टसँग बताएको छ । आदि ।