संस्कृतको प्रभाव नेपाली समाजमा
Pashupati
डा. वासुदेवकृष्ण शास्त्री संस्कारले युक्त, कहिल्यै पनि संस्कारले सिद्ध गर्नु नपर्ने । (सं+कृ+क्तः) लक्षणोपेतम् । इति मेदिनी ।। संस्कृतमा एउटा उक्ति छ— यन्न भारते तन्न भारते । यसको अर्थ हुन्छ– जुन महाभारतमा छैन, त्यो यो भारतवर्ष (विश्व) मै छैन । यसले महाभारत ग्रन्थको महत्वलाई प्रस्ट्याउँछ । त्यति मात्र नभई महाभारत ग्रन्थले समाजको आर्थिक, सामाजिक, ऐतिहासिक आदि सबै विषयवस्तुलाई समेटेको छ, जसको ज्ञान अपरिमेय छ । अर्थात् विशाल छ । संस्कृतको प्रभाव नेपाली भाषामा कसरी आयो ? तत्सम शब्द सप्रकृति, क्षमा, विद्वान, सुन्दर, घृणा, ईश्वर, कुलीन, चरित्रवान, आयुष्मान्, अन्नमय, श्रेष्ठतम, शारीरिक, व्रmोधित, सौन्दर्य आदि । तत्भव शब्द दुग्घ दूध । हस्त...

Read More

वेदमा वस्त्र
वैदिक ज्ञान विज्ञान केन्द्र, अध्यक्ष वैदिक वस्त्र वैदिकहरुको सबै भन्दा प्रचीन र सुव्यवस्थीत वस्त्रधारणको विधान हो । वेदमा वासो वायोवीना उत्पादनमा परनिर्भरतामै रहेको छ । परनिर्भरताले नेपाली समाजको वस्त्रप्रतिको अनुराग पनि समाप्त हुँदै गइरहेको छ । कुनै विशेष पर्वमा विशेष प्रकारले बुनेको–बनाएको भाद्गाउँले, पाल्पाली र पूर्वेली टोपी लगाएर राष्ट्रियताको डिङ हाँक्नेको पनि कमी छैन । दिनानुदिन बढ्दो परनिर्भरताले हाम्रो मौलिक वस्त्र निर्माण तथा प्रयोगको विधान समाप्त हुँदैछ । देशका जनसमुदाय लगायत देशकै मौलिकता झल्काउने वस्त्रहरूको प्रयोग कम हुँदै जाँदैछ । देशको अर्थतन्त्र कपडामा आयातमुखी बन्दैछ । कपडाको परम्परागत तथा वैदिक इतिहासतर्फ एक पटक हेरौं । वैदिक वाङ्मयका ग्रन्थहरूमा वस्त्रसम्बन्धी उल्लेख...

Read More

वैदिक कृषिपद्धति र राष्ट्रिय स्वाभिमान
यज्ञ गर्नका निम्ति अन्नको आवश्यकता पर्दछ । यज्ञ–हवन गर्दा निस्किएको शुद्ध ऊर्जा वायुमण्डलमा फैलिन्छ । त्यसबाट वृष्टि हुन्छ । वृष्टिबाट चराचर जगत्को, प्राणीको जीवनदायिनी शक्तिको सृष्टि हुन्छ । हाम्रा शास्त्रीय मान्यताले सम्पूर्ण मानवहित, परोपकारी भावना विकासका लागि यज्ञकर्मका निम्ति अन्नको महत्वको विषयमा पुष्टि गरेका छन् । धर्मशास्त्रमा अन्न नै प्राण हो भनिएको छ । मानवजीवन अन्नमा नै निर्भर छ । शरीरमा पञ्चप्राणको अवस्थिति छ । प्राण, अपान, व्यान, समान र उदान । प्राणको पुष्टिका लागि अन्नको आवश्यकता पर्दछ । अन्नमय कोष विकासका लागि अन्न नै चाहिन्छ । अन्नको प्राप्तिबिना मानिसको शरीर पोषणयुक्त र पूर्ण हुन सक्दैन । स्वस्थ शरीरका लागि...

Read More

वैदिक कालगणना र नयाँ वर्ष
नववर्ष– नुतन, उत्साह, उमङ्ग र उत्सवको पर्व हो । कृषि, वनस्पति, रहनसहन र मानवीय जीवनसँग अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । वर्षको नव वर्षलाई मनाइन्छ । प्रकृति र मानव जीवनको सम्बन्धले परिभाषित गर्दछ— नुतन वर्षलाई । सौर्यमासको आरम्भिक चरण, नवसिर्जना, संकल्पका साथ नयाँ कार्ययोजना । नवीनताले ओतप्रोत प्रकृतिको हरियाली, कोइलीको मधुर ध्वनि, वृक्ष वनस्पतिहरूमा नयाँ पालुवा, वसन्त ऋतुको सेरोफेरोमा पर्दछ वसन्त ऋतु । चैत्र शुक्ल प्रतिपदा सृष्टिको आरम्भ दिन । सृष्टिको पहिलो विहानी चैत्र शुक्ल प्रतिपदा चन्द्रमास अनुसार नवसंवत्सरको आरम्भ विन्दु । मानवले धर्तीमा चेतनाको साक्षात्कार गरेको प्रत्युषको उषाकाल । पृथ्वीको उत्पत्ति १४ अरव वर्ष प्राचीन, वैदिककालको गणना अनुसार मानवीय सृष्टिसंवत्...

Read More

राष्ट्रियता र वैधानिक राष्ट्रसभा
आयातीत र प्रायोजित वाद, पन्थ र मतका पछि लाग्दा ती वादहरुसँगै आउने विकृतिहरु अहिले हाम्रो समाजले भोगिरहेको छ । मनपरी र छाडातन्त्रलाई लोकतन्त्र या गणतन्त्र भन्न सकिंदैन । दलगत आवरणमा निरंकुशता, व्यक्तिवादी सोचलाई प्रोत्साहन दिँदै जाँदा राष्ट्र दुर्घटनामा पर्न सक्दछ । महोत्साह स्थूललक्षः कृतज्ञो बुद्धसेवकः... धार्मिकोव्यसनश्चैव प्राज्ञः शुरो रहस्यवित्...नराधिपः । –महर्षि याज्ञवल्क्य नेपाल याज्ञवल्क्य ऋषिको भूमि हो । महर्षि यज्ञवल्क्यले राजधर्म प्रकरणमा भनेका छन्– राजा राज्यहरुका प्रमुख राजा हुन् । राज्यहरुको विशाल एकीकृत भाग राष्ट्र हो । राज्यको प्रमुख राजा हुन् भने राष्ट्रको प्रमुख सम्राट हुन् । नेपालको सन्दर्भ वाइस र चौवीस राज्यहरुको एकीकृत स्वरुप राष्ट्र हो । यहाँको प्रमुख...

Read More

वेद र मानव शरीर संरचना
वैदिक काल ईशापूर्व ३० हजार वर्ष प्राचीन अन्वेषकहरु मान्दछन् । वैदिक वाङ्मयभित्रका चार वेद, उपवेद, उपनिषद् र ज्योतिष शास्त्रमा मानव शरीर संरचनाका बारेमा वैज्ञानिक तथा तथ्यगत व्याख्याहरु पाइन्छन् । मानव शरीरलाई सूक्ष्म रूपले विश्लेषण गर्दा, कोषहरू र कोषबीचमा रहेको खाली ठाउ“ देख्न सकिन्छ । कोषिकाहरू विभिन्न आकार, प्रकार र कार्यक्षमताका हुन्छन् भने कोषहरूबीचको खाली ठाउ“मा विभिन्न प्रकारका जैविक तथा रासायनिक अणु, तरल र हावाले भरिएको हुन्छ । कोषहरूबीचको दुरी केही शारीरिक अंगहरू जस्तै मांसपेशीमा अत्यन्त न्यून हुन्छ भने तरल कोषहरूमा दूरी धेरै हुन्छ । अणुहरू अत्यन्तै सूक्ष्म कणबाट बनेका हुन्छन् । अणुभित्र पनि परमाणुहरुको अस्तित्व हुन्छ । ‘इलेक्ट्रोन, प्रोटोनको गतिशीलता...

Read More

गुर्जाे / अमृता
नेपाली नाम ः गुर्जाे संस्कृत नाम ः गुडुची, अमृतबल्ली, छिन्ना, मधुपरिणी, वत्सादिनी, कुण्डलिनी हिन्दी नाम ः गिलोय अंग्रेजी नाम ः त्ष्लयकउयचब ल्याट्रिन नाम ः त्ष्लयकउयचब ऋयचमषयष्बि ९ध्ष्ििम० ःष्भचक गुडुची कटुका तिक्ता स्वादुपाका रसायनी । संग्रहणी कषायोष्णा लध्वी वल्याग्निदीपनी ।। अमृता सांग्राहिका वातहर–दीपनीय । श्लेष्मशोभित्बिम्बन्धप्रशमनानाम् ।। चरक. पिवेत् वा षट्फल सर्विरभयां वा प्रथोजयेत् । त्रिफलायाः कषाय वा गुडूव्या रसमेव वा ।। चरक. गुर्जाे गुर्जाे कहिल्यै नसुक्ने एउटा अद्भूत औषधीय वनस्पति हो । यो समुद्रको सतहबाट लगभग १ हजार फीटभन्दा माथिको उचाइमा पाइन्छ । यसको लहरा मोटो र हरियो हुन्छ । यो डोरीजस्तो आकारको लामो हुन्छ । यसमा पहेंला र हरिया फूलहरु...

Read More

error: