वैदिक कर्मका वैज्ञानिक आधारहरू
व्रत किन ? शरीरको माध्यमबाट मानिसले अपार सम्भावनाको विकास, धर्मसाधना र सम्पूर्ण श्रमका कामहरू गर्न सक्दछ । सृजना र विकासको स्रोत मानवचेतनाभित्र रहेको हुन्छ । हृष्टपुष्ट र तन्दुरुस्त मानिसले मात्र सम्पूर्ण काम राम्ररी गर्न सक्दछ । स्वास्थ्यका लागि भोजन अनिवार्य आवश्यकता हो । भोजनविना मानिस केही दिन पनि स्वस्थ रहन सक्दैन । पाचनक्रिया सबल, सशक्त र सही भयो भने मात्र मानिसले सुस्वास्थ्य र दीर्घायु प्राप्त गर्न सक्दछ । स्वास्थ्यका लागि उपवास अनिवार्य हुन्छ । पाचनक्रियाले प्रत्येक दिन विभिन्न कठोर रसदार भोजनहरू पचाइराखेको हुन्छ । त्यसैले पाचनक्रिया कमजोर हुने गर्दछ । पाचनक्रिया र आँतलाई पनि हप्ता या पक्षमा एकपल्ट खाली राख्नुपर्दछ...

Read More

‘यमपञ्चक’ तिहारको महत्व
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयाको दिनसम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यमपञ्चकको पहिलो दिन विहान घरलाई लिपपोत गरी शुद्ध बनाई आँगनमा वैदिक विधिविधान अनुसार यमदूतका रुपमा कागलाई पूजा गरिन्छ, कागलाई मीठो लाग्ने विविध खानेकुरा दिइन्छ । कागलाई यमराजको दूतका रुपमा लिइने र सत्यवादी, भविष्यद्रष्टा, सन्देशवाहक पन्छीका रुपमा लिने परम्परा छ । पन्छीहरुमा सबैभन्दा चतुर र सकुनशास्त्रका वक्ताका रुपमा मानिएको छ । कागलाई हिन्दू धर्मावलम्बीहरुले वसुधैव कुटुम्बकम्को भावबाट ओतप्रोत भएर सम्मान प्रकट गर्दै पूजा गर्दछन् । भगवान् विष्णुको वाहन गरुड, लक्ष्मीका वाहन लाट्कोशेरो,...

Read More

वेद र मानव शरीर संरचना
वैदिक काल ईशापूर्व ३० हजार वर्ष प्राचीन अन्वेषकहरु मान्दछन् । वैदिक वाङ्मयभित्रका चार वेद, उपवेद, उपनिषद् र ज्योतिष शास्त्रमा मानव शरीर संरचनाका बारेमा वैज्ञानिक तथा तथ्यगत व्याख्याहरु पाइन्छन् । मानव शरीरलाई सूक्ष्म रूपले विश्लेषण गर्दा, कोषहरू र कोषबीचमा रहेको खाली ठाउ“ देख्न सकिन्छ । कोषिकाहरू विभिन्न आकार, प्रकार र कार्यक्षमताका हुन्छन् भने कोषहरूबीचको खाली ठाउ“मा विभिन्न प्रकारका जैविक तथा रासायनिक अणु, तरल र हावाले भरिएको हुन्छ । कोषहरूबीचको दुरी केही शारीरिक अंगहरू जस्तै मांसपेशीमा अत्यन्त न्यून हुन्छ भने तरल कोषहरूमा दूरी धेरै हुन्छ । अणुहरू अत्यन्तै सूक्ष्म कणबाट बनेका हुन्छन् । अणुभित्र पनि परमाणुहरुको अस्तित्व हुन्छ । ‘इलेक्ट्रोन, प्रोटोनको गतिशीलता...

Read More

गुर्जाे / अमृता
नेपाली नाम ः गुर्जाे संस्कृत नाम ः गुडुची, अमृतबल्ली, छिन्ना, मधुपरिणी, वत्सादिनी, कुण्डलिनी हिन्दी नाम ः गिलोय अंग्रेजी नाम ः त्ष्लयकउयचब ल्याट्रिन नाम ः त्ष्लयकउयचब ऋयचमषयष्बि ९ध्ष्ििम० ःष्भचक गुडुची कटुका तिक्ता स्वादुपाका रसायनी । संग्रहणी कषायोष्णा लध्वी वल्याग्निदीपनी ।। अमृता सांग्राहिका वातहर–दीपनीय । श्लेष्मशोभित्बिम्बन्धप्रशमनानाम् ।। चरक. पिवेत् वा षट्फल सर्विरभयां वा प्रथोजयेत् । त्रिफलायाः कषाय वा गुडूव्या रसमेव वा ।। चरक. गुर्जाे गुर्जाे कहिल्यै नसुक्ने एउटा अद्भूत औषधीय वनस्पति हो । यो समुद्रको सतहबाट लगभग १ हजार फीटभन्दा माथिको उचाइमा पाइन्छ । यसको लहरा मोटो र हरियो हुन्छ । यो डोरीजस्तो आकारको लामो हुन्छ । यसमा पहेंला र हरिया फूलहरु...

Read More

error: