वैदिक कृषिपद्धति र राष्ट्रिय स्वाभिमान
यज्ञ गर्नका निम्ति अन्नको आवश्यकता पर्दछ । यज्ञ–हवन गर्दा निस्किएको शुद्ध ऊर्जा वायुमण्डलमा फैलिन्छ । त्यसबाट वृष्टि हुन्छ । वृष्टिबाट चराचर जगत्को, प्राणीको जीवनदायिनी शक्तिको सृष्टि हुन्छ । हाम्रा शास्त्रीय मान्यताले सम्पूर्ण मानवहित, परोपकारी भावना विकासका लागि यज्ञकर्मका निम्ति अन्नको महत्वको विषयमा पुष्टि गरेका छन् । धर्मशास्त्रमा अन्न नै प्राण हो भनिएको छ । मानवजीवन अन्नमा नै निर्भर छ । शरीरमा पञ्चप्राणको अवस्थिति छ । प्राण, अपान, व्यान, समान र उदान । प्राणको पुष्टिका लागि अन्नको आवश्यकता पर्दछ । अन्नमय कोष विकासका लागि अन्न नै चाहिन्छ । अन्नको प्राप्तिबिना मानिसको शरीर पोषणयुक्त र पूर्ण हुन सक्दैन । स्वस्थ शरीरका लागि...

Read More

वैदिक कर्मका वैज्ञानिक आधारहरू
व्रत किन ? शरीरको माध्यमबाट मानिसले अपार सम्भावनाको विकास, धर्मसाधना र सम्पूर्ण श्रमका कामहरू गर्न सक्दछ । सृजना र विकासको स्रोत मानवचेतनाभित्र रहेको हुन्छ । हृष्टपुष्ट र तन्दुरुस्त मानिसले मात्र सम्पूर्ण काम राम्ररी गर्न सक्दछ । स्वास्थ्यका लागि भोजन अनिवार्य आवश्यकता हो । भोजनविना मानिस केही दिन पनि स्वस्थ रहन सक्दैन । पाचनक्रिया सबल, सशक्त र सही भयो भने मात्र मानिसले सुस्वास्थ्य र दीर्घायु प्राप्त गर्न सक्दछ । स्वास्थ्यका लागि उपवास अनिवार्य हुन्छ । पाचनक्रियाले प्रत्येक दिन विभिन्न कठोर रसदार भोजनहरू पचाइराखेको हुन्छ । त्यसैले पाचनक्रिया कमजोर हुने गर्दछ । पाचनक्रिया र आँतलाई पनि हप्ता या पक्षमा एकपल्ट खाली राख्नुपर्दछ...

Read More

वसन्तोत्सव फागुपूर्णिमा
सौर्यमास अनुसार ६ वटा ऋतुहरु हुन्छन् । ती ऋतुहरूमध्ये वसन्त उत्कृष्ट ऋतु मानिन्छ । वसन्त ऋतुमा नै धेरै पर्वहरू पर्दछन् । जुन ऋतुमा पालुवाहरू निक्लन्छन्, फूल फुल्दछन् उत्साह उमङ्गको विस्तार हुन्छ । आमोद प्रमोद, रंगीविरंगी फूल–पालुवाहरु फुल्दछन् । नवप्रणय दम्पत्तिको आमोद–प्रमोद, उत्साह उमंग, प्रकृति र पुरुषको समागम, र प्राकृतिक सम्मानका लागि रंग प्रयोग गरेर मनाउने वैदिक पर्व ‘वसन्तोत्सव’ पर्व हो । वसन्ती यत्र उत्सव वसन्तोत्सवः – धर्मशास्त्र । अव चर्चा गरौं, उत्सवको । नक्षत्र, काल, गणना, श्रुतिपरम्पराअनुसार ऋग्वेदको काल महर्षि दयानन्द सरस्वतिले ईशापूर्व एक लाख वर्ष पुरानो मानेका छन् । राजा पृथुले पृथ्वीमा कृषिविद्याको विकास गरे । देवगण (पुरुषार्थी विद्वान्)हरूका...

Read More

वेद र मानव शरीर संरचना
वैदिक काल ईशापूर्व ३० हजार वर्ष प्राचीन अन्वेषकहरु मान्दछन् । वैदिक वाङ्मयभित्रका चार वेद, उपवेद, उपनिषद् र ज्योतिष शास्त्रमा मानव शरीर संरचनाका बारेमा वैज्ञानिक तथा तथ्यगत व्याख्याहरु पाइन्छन् । मानव शरीरलाई सूक्ष्म रूपले विश्लेषण गर्दा, कोषहरू र कोषबीचमा रहेको खाली ठाउ“ देख्न सकिन्छ । कोषिकाहरू विभिन्न आकार, प्रकार र कार्यक्षमताका हुन्छन् भने कोषहरूबीचको खाली ठाउ“मा विभिन्न प्रकारका जैविक तथा रासायनिक अणु, तरल र हावाले भरिएको हुन्छ । कोषहरूबीचको दुरी केही शारीरिक अंगहरू जस्तै मांसपेशीमा अत्यन्त न्यून हुन्छ भने तरल कोषहरूमा दूरी धेरै हुन्छ । अणुहरू अत्यन्तै सूक्ष्म कणबाट बनेका हुन्छन् । अणुभित्र पनि परमाणुहरुको अस्तित्व हुन्छ । ‘इलेक्ट्रोन, प्रोटोनको गतिशीलता...

Read More

नेपालमा गाईपालन र यसको उपयोगिता
गाईलाई अन्य प्राणीको तुलनामा एक सचेत प्राणीका रूपमा लिने गरिन्छ । यसको महत्व परापूर्वकालदेखि अहिलेसम्म पनि उत्तिकै रूपमा रहेको छ । गाईको दूधलाई औषधिका रूपमा समेत प्रयोग गरिँदै आएको छ । बालबालिकाका लागि पनि आफ्नी आमाको दूधको विकल्पका रूपमा समेत गाईको दूध बढी पोषणयुक्त हुन्छ । पछिल्लो समय नेपालमा व्यावसायिक गाईपालन गर्ने क्रम बढेको छ । यसले एकातिर मानिसलाई रोजगारीको अवसर सृजना गरेको छ भने अर्काेतिर न्यून मात्रामा रहेको दूधको उपलब्धतालाई बढाइदिएको छ । यो वास्तवमै हाम्रा लागि गौरवको विषय हो । हाम्रो नेपाली धर्म सस्कार मा गाई लाई गौ माता का रुप मा पूजा गरिने हुँदा यसको बिशेष महत्वो...

Read More

वनस्पतिको प्रयोग र वास्तु
डा. वासुदेवकृष्ण शास्त्री वैदिक वाङ्मयमा वास्तुका मूलभूत सिद्धान्तहरू स्थापत्य वेद मयमतम, शिल्पशास्त्र आदि विविध ग्रन्थहरूमा निर्माणको सन्दर्भ र वृक्ष–वनस्पतिको प्रयोग उल्लेख भएको पाइन्छ । पुष्प सौन्दर्यको अप्रतिम रूप हो । वास्तुविज्ञानमा पुष्प रोपण र उपयोगका बारेमा उल्लेख पाइन्छ । सामान्यतया घरको अवस्थाअनुसार जथाभावी जुनसुकै फूल रोप्ने चलन छ । वास्तुशास्त्रले घरको तला, घडेरीको दिशा, घरधनीको राशि, घरमा लगाइएको रङ्गआदिलाई आधार बनाएर फूल लगाउने विधान छ । मान्छेको जीवन र फूलको सम्बन्ध प्रगाढ छ, मान्छे आँशु–हाँसो मिश्रित जीवनयापन गर्न बाध्य छ । आँशुमा डुबेर मात्रै मानिस जीवनयापन गर्न सक्दैन । हाँसोका लागि प्राकृतिक सौन्दर्यका विभिन्न तत्वलाई मानवीय प्रयोगको आधार बनाएको परम्परा...

Read More

error: