डा. वासुदेवकृष्ण शास्त्री संस्कारले युक्त,
राष्ट्रियता र वैधानिक राष्ट्रसभा
आयातीत र प्रायोजित वाद, पन्थ र मतका पछि लाग्दा ती वादहरुसँगै आउने विकृतिहरु अहिले हाम्रो समाजले भोगिरहेको छ । मनपरी र छाडातन्त्रलाई लोकतन्त्र या गणतन्त्र भन्न सकिंदैन । दलगत आवरणमा निरंकुशता, व्यक्तिवादी सोचलाई प्रोत्साहन दिँदै जाँदा राष्ट्र दुर्घटनामा पर्न सक्दछ । महोत्साह स्थूललक्षः कृतज्ञो बुद्धसेवकः... धार्मिकोव्यसनश्चैव प्राज्ञः शुरो रहस्यवित्...नराधिपः । –महर्षि याज्ञवल्क्य नेपाल याज्ञवल्क्य ऋषिको भूमि हो । महर्षि यज्ञवल्क्यले राजधर्म प्रकरणमा भनेका छन्– राजा राज्यहरुका प्रमुख राजा हुन् । राज्यहरुको विशाल एकीकृत भाग राष्ट्र हो । राज्यको प्रमुख राजा हुन् भने राष्ट्रको प्रमुख सम्राट हुन् । नेपालको सन्दर्भ वाइस र चौवीस राज्यहरुको एकीकृत स्वरुप राष्ट्र हो । यहाँको प्रमुख...