‘यमपञ्चक’ तिहारको महत्व
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयाको दिनसम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यमपञ्चकको पहिलो दिन विहान घरलाई लिपपोत गरी शुद्ध बनाई आँगनमा वैदिक विधिविधान अनुसार यमदूतका रुपमा कागलाई पूजा गरिन्छ, कागलाई मीठो लाग्ने विविध खानेकुरा दिइन्छ । कागलाई यमराजको दूतका रुपमा लिइने र सत्यवादी, भविष्यद्रष्टा, सन्देशवाहक पन्छीका रुपमा लिने परम्परा छ । पन्छीहरुमा सबैभन्दा चतुर र सकुनशास्त्रका वक्ताका रुपमा मानिएको छ । कागलाई हिन्दू धर्मावलम्बीहरुले वसुधैव कुटुम्बकम्को भावबाट ओतप्रोत भएर सम्मान प्रकट गर्दै पूजा गर्दछन् । भगवान् विष्णुको वाहन गरुड, लक्ष्मीका वाहन लाट्कोशेरो,...

Read More

वेद र मानव शरीर संरचना
वैदिक काल ईशापूर्व ३० हजार वर्ष प्राचीन अन्वेषकहरु मान्दछन् । वैदिक वाङ्मयभित्रका चार वेद, उपवेद, उपनिषद् र ज्योतिष शास्त्रमा मानव शरीर संरचनाका बारेमा वैज्ञानिक तथा तथ्यगत व्याख्याहरु पाइन्छन् । मानव शरीरलाई सूक्ष्म रूपले विश्लेषण गर्दा, कोषहरू र कोषबीचमा रहेको खाली ठाउ“ देख्न सकिन्छ । कोषिकाहरू विभिन्न आकार, प्रकार र कार्यक्षमताका हुन्छन् भने कोषहरूबीचको खाली ठाउ“मा विभिन्न प्रकारका जैविक तथा रासायनिक अणु, तरल र हावाले भरिएको हुन्छ । कोषहरूबीचको दुरी केही शारीरिक अंगहरू जस्तै मांसपेशीमा अत्यन्त न्यून हुन्छ भने तरल कोषहरूमा दूरी धेरै हुन्छ । अणुहरू अत्यन्तै सूक्ष्म कणबाट बनेका हुन्छन् । अणुभित्र पनि परमाणुहरुको अस्तित्व हुन्छ । ‘इलेक्ट्रोन, प्रोटोनको गतिशीलता...

Read More

वसन्तोत्सव फागुपूर्णिमा
सौर्यमास अनुसार ६ वटा ऋतुहरु हुन्छन् । ती ऋतुहरूमध्ये वसन्त उत्कृष्ट ऋतु मानिन्छ । वसन्त ऋतुमा नै धेरै पर्वहरू पर्दछन् । जुन ऋतुमा पालुवाहरू निक्लन्छन्, फूल फुल्दछन् उत्साह उमङ्गको विस्तार हुन्छ । आमोद प्रमोद, रंगीविरंगी फूल–पालुवाहरु फुल्दछन् । नवप्रणय दम्पत्तिको आमोद–प्रमोद, उत्साह उमंग, प्रकृति र पुरुषको समागम, र प्राकृतिक सम्मानका लागि रंग प्रयोग गरेर मनाउने वैदिक पर्व ‘वसन्तोत्सव’ पर्व हो । वसन्ती यत्र उत्सव वसन्तोत्सवः – धर्मशास्त्र । अव चर्चा गरौं, उत्सवको । नक्षत्र, काल, गणना, श्रुतिपरम्पराअनुसार ऋग्वेदको काल महर्षि दयानन्द सरस्वतिले ईशापूर्व एक लाख वर्ष पुरानो मानेका छन् । राजा पृथुले पृथ्वीमा कृषिविद्याको विकास गरे । देवगण (पुरुषार्थी विद्वान्)हरूका...

Read More

error: