ब्यापार गृहवास्तु
घर अथवा व्यावसायिक प्रतिष्ठान बनाउँदा कर्पाेरेट वास्तुअनुसार निर्माण गरेमा महŒवपूर्ण व्यापारिक सफलता प्राप्त हुन्छ । कर्पाेरेट वास्तुअनुसार अफिसमा कुन र कस्तो खालको वास्तु प्रयोग गर्ने सम्बन्धमा तल उल्लिखित बुँदाहरू महŒवपूर्ण रहेका छन् । कार्यालयको भित्री बनावट ड्ड दक्षिणपूर्वमा भान्साकोठा बनाउनु उपयुक्त हुन्छ । ड्ड उत्तरपूर्वमा पानीको श्रोत ईनार, पानीको ट्याङ्की, धारा, कल आदि बनाउनु राम्रो हुन्छ । ड्ड दक्षिण पश्चिम दिशामा मूल व्यक्तिको सुत्नेकोठा बनाउँदा आरामदायी निद्रा आउने हुन्छ । ड्ड शौचालयमा पूर्व या पश्चिम फर्केर बस्नुहुँदैन । ड्ड छतमा पानीको ट्याङ्की पश्चिमपट्टी राख्दा शुभ रहन्छ । ड्ड बच्चाहरूको सिरान पूर्वपट्टी बनाउनु पर्दछ । ड्ड बच्चाहरू सुत्ने कोठामा टेलिभिजन तथा...

Read More

रुद्राक्ष महात्म्य
भगवान््् शिवजीको नेत्रबाट झरेको आँसुबाट रुद्राक्ष उत्पन्न भएको पौराणिक आख्यान रहेको छ । रुद्राक्ष अति गुणकारी प्रभावशाली समृद्धि–उन्नति प्रदायक, ग्रहदोष निवारक मानिन्छ। आयुर्वेदका ग्रन्थमा यसलाई महौैषधि पनि भनिन्छ। रुद्राक्षको फलको बोक्रा निकालेपछि भित्र रेसायुक्त दाना हुन्छ, जुन रेसाद्वारा बनेको धर्सालाई रुद्राक्षको मुख भनिन्छ । पौराणिक ग्रन्थहरूमा रुद्राक्षका ३४ मुखसम्म प्राप्त गर्न सकिन्छ भनिएको छ । यहाँ विभिन्न रुद्राक्षहरू तथा धारण गर्ने मन्त्र पनि उल्लेख गरिएको छ । एकमुखी रुद्राक्ष ॐ एँ हँ औँ ऐं ॐ सौर्य परिवारमा सूर्यग्रह बीचमा रहन्छ र अरु ग्रहहरूले सूर्यलाई परिक्रमा गर्दछन् । जसको प्रतिनिधित्व एकमुखी रुद्राक्षले गरेको हुन्छ । यसले सूर्यको नकारात्मक प्रभावबाट बचाउँछ ।...

Read More

रत्न विज्ञान
गुरु ग्रहको लागि पुष्पराज बुध ग्रहको लागि पन्ना शुक्र ग्रहको लागि हीरा चन्द्र ग्रहको लागि मोती सूर्य ग्रहको लागि माणिक्य मङ्गल ग्रहको लागि मूगा केतु ग्रहको लागि लहसुनियाँ शनि ग्रहको लागि निलम राहु ग्रहको लागि गोमेद मानव जीवनको सुगमताका लागि अनेकौं प्राकृतिक अप्राकृतिक वस्तुहरू निर्माण भएका पाइन्छन् । जसको सही सदुपयोगले मानव जीवन अत्यन्त समृद्धशाली सुखी र शान्त बन्न पुग्दछ । प्राकृतिक पदार्थ सदुपयोग नगर्नाले मानव जीवन अत्यन्त दुरूह, कष्टसाध्य र अभिशाप बन्न पुग्दछ । प्राकृतिक वा अप्राकृति वस्तु वा पदार्थको उचित स्थानमा उचित रूपमा प्रयोग गर्नु नै मानव जीवनको सर्वाेपयोगी लक्ष्य हो । यसैले मानवलाई सुखी बनाउँदछ । मानवलाई...

Read More

पाशुपतास्त्र महामन्त्र
ॐ अस्य श्रीपाशुपतास्त्रशान्तिस्तोत्रमहामन्त्रस्य भगवान् वेदव्यासऋषिः अनुष्टुप्छन्दः श्रीसदाशिवपरमात्मादेवता सर्वविघ्नविनाशार्थे जपे विनियोगः । ॐ नमो भगवते महापाशुपताय अतुलवीर्यपराक्रमाय त्रिपञ्चनयनाय नानारूपाय नानाप्रहरणोद्यताय सर्वाङ्करक्ताय भिन्नाञ्जनचयप्रख्याय श्मशानवेतालप्रियाय सर्वविघ्ननिकृन्तनाय सर्वसिद्धिप्रदाय भक्तानुकम्पिने असंख्यवक्त्रभुजपादाय तस्मै सिद्धाय वेतालविवासिने शाकिनीक्षेभजनकाय व्याधिनिग्रहकारिणे पापभञ्जनाय सूर्यसोमाग्निनेत्राय विष्णुकवचाय खड्गवज्रहस्ताय यमदण्डवरुणपाशाय रुद्रशूलाय ज्वलज्जिêाय सर्वरोगविद्रावणाय ग्रहनिग्रहकारिणे दुष्टनाशक्षयकारिणे ॐ कृष्णपिङ्कलाय फट्, हुंकारास्त्राय फट्, वज्रहस्ताय फट्, शक्तये फट्, दण्डाय फट्, यमाय फट्, खड्गाय फट्, नैर्ऋताय फट्, वरुणाय फट्, वज्राय फट्, पाशाय फट्, ध्वजाय फट्, अंकुशाय फट्, गदायै फट्, कुबेराय फट्, त्रिशूलाय फट्, मुद्गराय फट्, चक्राय फट्, पद्माय फट्, नागास्त्राय फट्, ईशानाय फट्, खेटकास्त्राय फट्, मुण्डास्त्राय फट्, कंकालास्त्राय फट्, पिच्छिकास्याय फट्, क्षुरिकास्त्राय फट्, सिद्धास्त्राय फट्, ब्रéास्त्राय फट्, शक्त्यस्त्राय फट्,...

Read More

वैदिक कर्मका वैज्ञानिक आधारहरू
व्रत किन ? शरीरको माध्यमबाट मानिसले अपार सम्भावनाको विकास, धर्मसाधना र सम्पूर्ण श्रमका कामहरू गर्न सक्दछ । सृजना र विकासको स्रोत मानवचेतनाभित्र रहेको हुन्छ । हृष्टपुष्ट र तन्दुरुस्त मानिसले मात्र सम्पूर्ण काम राम्ररी गर्न सक्दछ । स्वास्थ्यका लागि भोजन अनिवार्य आवश्यकता हो । भोजनविना मानिस केही दिन पनि स्वस्थ रहन सक्दैन । पाचनक्रिया सबल, सशक्त र सही भयो भने मात्र मानिसले सुस्वास्थ्य र दीर्घायु प्राप्त गर्न सक्दछ । स्वास्थ्यका लागि उपवास अनिवार्य हुन्छ । पाचनक्रियाले प्रत्येक दिन विभिन्न कठोर रसदार भोजनहरू पचाइराखेको हुन्छ । त्यसैले पाचनक्रिया कमजोर हुने गर्दछ । पाचनक्रिया र आँतलाई पनि हप्ता या पक्षमा एकपल्ट खाली राख्नुपर्दछ...

Read More

गुर्जाे / अमृता
नेपाली नाम ः गुर्जाे संस्कृत नाम ः गुडुची, अमृतबल्ली, छिन्ना, मधुपरिणी, वत्सादिनी, कुण्डलिनी हिन्दी नाम ः गिलोय अंग्रेजी नाम ः त्ष्लयकउयचब ल्याट्रिन नाम ः त्ष्लयकउयचब ऋयचमषयष्बि ९ध्ष्ििम० ःष्भचक गुडुची कटुका तिक्ता स्वादुपाका रसायनी । संग्रहणी कषायोष्णा लध्वी वल्याग्निदीपनी ।। अमृता सांग्राहिका वातहर–दीपनीय । श्लेष्मशोभित्बिम्बन्धप्रशमनानाम् ।। चरक. पिवेत् वा षट्फल सर्विरभयां वा प्रथोजयेत् । त्रिफलायाः कषाय वा गुडूव्या रसमेव वा ।। चरक. गुर्जाे गुर्जाे कहिल्यै नसुक्ने एउटा अद्भूत औषधीय वनस्पति हो । यो समुद्रको सतहबाट लगभग १ हजार फीटभन्दा माथिको उचाइमा पाइन्छ । यसको लहरा मोटो र हरियो हुन्छ । यो डोरीजस्तो आकारको लामो हुन्छ । यसमा पहेंला र हरिया फूलहरु...

Read More

‘यमपञ्चक’ तिहारको महत्व
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयाको दिनसम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यमपञ्चकको पहिलो दिन विहान घरलाई लिपपोत गरी शुद्ध बनाई आँगनमा वैदिक विधिविधान अनुसार यमदूतका रुपमा कागलाई पूजा गरिन्छ, कागलाई मीठो लाग्ने विविध खानेकुरा दिइन्छ । कागलाई यमराजको दूतका रुपमा लिइने र सत्यवादी, भविष्यद्रष्टा, सन्देशवाहक पन्छीका रुपमा लिने परम्परा छ । पन्छीहरुमा सबैभन्दा चतुर र सकुनशास्त्रका वक्ताका रुपमा मानिएको छ । कागलाई हिन्दू धर्मावलम्बीहरुले वसुधैव कुटुम्बकम्को भावबाट ओतप्रोत भएर सम्मान प्रकट गर्दै पूजा गर्दछन् । भगवान् विष्णुको वाहन गरुड, लक्ष्मीका वाहन लाट्कोशेरो,...

Read More

error: