डा. वासुदेवकृष्ण शास्त्री संस्कारले युक्त,
वैदिक कर्मका वैज्ञानिक आधार
व्रत किन ? शरीरको माध्यमबाट मानिसले अपार सम्भावनाको विकास, धर्मसाधना र सम्पूर्ण श्रमका कामहरू गर्न सक्दछ । सृजना र विकासको स्रोत मानवचेतनाभित्र रहेको हुन्छ । हृष्टपुष्ट र तन्दुरुस्त मानिसले मात्र सम्पूर्ण काम राम्ररी गर्न सक्दछ । स्वास्थ्यका लागि भोजन अनिवार्य आवश्यकता हो । भोजनविना मानिस केही दिन पनि स्वस्थ रहन सक्दैन । पाचनक्रिया सबल, सशक्त र सही भयो भने मात्र मानिसले सुस्वास्थ्य र दीर्घायु प्राप्त गर्न सक्दछ । स्वास्थ्यका लागि उपवास अनिवार्य हुन्छ । पाचनक्रियाले प्रत्येक दिन विभिन्न कठोर रसदार भोजनहरू पचाइराखेको हुन्छ । त्यसैले पाचनक्रिया कमजोर हुने गर्दछ । पाचनक्रिया र आँतलाई पनि हप्ता या पक्षमा एकपल्ट खाली राख्नुपर्दछ...